आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्ट्याण्डर्ड चार्टर्डद्वारा ओपन नलेज नेपाललाई ३० लाख रुपैयाँ सहायता प्रदान

स्ट्याण्डर्ड चार्टर्डद्वारा ओपन नलेज नेपाललाई ३० लाख रुपैयाँ सहायता प्रदान

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ओपन नलेज नेपालका किशोरी प्रोजेक्टलाई सहयोगार्थ ३० लाख ३६ हजार रुपैयाँ प्रदान गरेको छ।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं- स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ओपन नलेज नेपालका किशोरी प्रोजेक्टलाई सहयोगार्थ ३० लाख ३६ हजार रुपैयाँ प्रदान गरेको छ।

किशोरी प्रोजेक्टले किशोरावस्थाका युवतीहरुलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपहरुबाट प्रोत्साहित, सशक्त एवं सुसज्जित गर्ने लक्ष्य राखेको छ।  

परियोजना ७ वटै प्रदेशहरुका १० सामुदायिक कलेजहरुमा १०० भन्दा बढी उच्च शिक्षा अध्ययन गरिरहेका युवतीहरुका लागि लक्षित रहनेछ र यसको कार्यान्वयन पक्षमा शेक्वेल फाउण्डेसनले जिम्मा लिएको छ।

यो परियोजना बृहत् आर्थिक समावेशीकरणलाई प्रवर्द्धन गर्दै असमानताको सम्बोधनका लागि बैंकको विश्वव्यापी पहल फ्यूचर्समेकर्स बाई स्ट्याण्डर्ड चार्टर्ड सँग मिल्दोजुल्दो रहेको बैंकले जनाएको छ।



प्रकाशित: Jun 02, 2022| 13:23 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्