आइतबार, असोज ११, २०८३

तोलामा चार सयले बढ्यो सुनको मूल्य

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला चार सय रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँ कायम भएको छ।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं- सुनको तोलामा चार सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला चार सय रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँ कायम भएको छ। 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको छ। यसअघि, बुधबार छापावाल सुन तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो।

बिहीबार चाँदीको पनि प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ६५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ५० रुपैयाँ कायम रहेको थियो।

प्रकाशित: Jun 02, 2022| 11:34 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्