बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विश्व वातावरण दिवसको दिन सिजी मोटर्सले विद्युतीय कार सार्वजनिक गर्दै

विश्व वातावरण दिवसको दिन सिजी मोटर्सले विद्युतीय कार सार्वजनिक गर्दै

वातावरण दिवसकै दिन चिनियाँ विद्युतीय कार उत्पादक कम्पनी 'होजोन अटोमोबाइल'ले उत्पादन गरेको वातावरणमैत्री विद्युतीय सवारी निटा ब्रान्डको कार सार्वजनिक गर्न लागेको हो।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं- चौधरी समूह अन्तर्गको सिजी मोटर्सले नेपाल भित्राउने भनेको विद्युतिय सवारी विश्व वातावरण दिवसको दिन सार्वजनिक गर्ने भएको छ। 

National life

वातावरण  दिवसकै दिन चिनियाँ विद्युतीय कार उत्पादक कम्पनी 'होजोन अटोमोबाइल'ले उत्पादन गरेको वातावरणमैत्री विद्युतीय सवारी निटा ब्रान्डको कार सार्वजनिक गर्न लागेको हो। 

होजोन अटो छोटो समयमा विद्युतीय कार उत्पादनबाट चर्चा बटुल्न सफल कम्पनी हो। भविष्यको सवारी 'न्यु इनर्जी' सवारी भएकाले चौधरी समूह विद्युतीय सवारी ब्रान्डसहित नेपाली अटोमोबाइल बजारमा प्रवेश गरेको हो।  

सीजीले होजोन अटो न्यू इनर्जी अटोमोबाइल कम्पनी लिमिटेडका क्रसओभर कार नेपाली बजारमा ल्याएको हो। हाल उक्त कम्पनी निटा ब्रान्डमा क्रसओभर विद्युतीय कार उत्पादन गर्दै आएको छ।

प्रकाशित: Jun 02, 2022| 11:18 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्