मंगलबार, फागुन १९, २०८२

इटालीलाई हराउँदै अर्जेन्टिनाले जित्यो फाइनलसिमाको उपाधि

तेस्रो पटक आयोजना भएको युरो कप विजेता र कोपा अमेरिका विजेताबीच भएको खेलमा दक्षिण अमेरिकी देश अर्जेन्टिनाले जित निकालेको छ।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं- तेस्रो पटक आयोजना भएको युरो कप विजेता र कोपा अमेरिका विजेताबीच भएको खेलमा दक्षिण अमेरिकी देश अर्जेन्टिनाले जित निकालेको छ।

पछिल्लो समरमा सम्पन्न भएको कोपा अमेरिकाको फाइनलमा ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित निकालेको थियो। यता, सोही समयमा इंग्ल्यान्डमा भएको युरो कपको फाइनल खेलमा घरेलु टिमलाई परास्त गर्दै इटाली युरो कप विजेता भएको थियो।

त्यसपछि ती दुई महादेशीय प्रतियोगिताको विजेताबीच खेल गराइएको हो। यी दुईबीचको बुधबार राति सम्पन्न खेलमा अर्जेन्टिनाले जर्मनीलाई ३–० गोलले हराएको छ।

वेम्बली रंगशालामा भएको खेलको पहिलो हाफमा दुई गोल भएका थिए। खेलको २८ औं मिनेटमा लाउतारो मार्टिनेजले र इन्ज्युरी समयमा एन्जल डी मारियाले गोल गरेका थिए।

उनीहरूले गोल गरेसँगै अर्जेन्टिनाले पहिलो हाफमा दुई गोलले अघि रह्यो। यता दोस्रो हाफमा पाउलो डिबालाले गोल गर्दै जितलाई ३–० मा पुर्‍याएका थिए।

kumari

खेलमा मार्टिनेज र पाउलो डिबालाको गोलका लागि लियोनेल मेस्सीले बल प्रदान गरेका थिए। यता, डी मारियाको गोलको लागि भने मार्टिनेजले एसिस्ट गरे।

खेल अवधिभर ४४ प्रतिशत समय बलमा नियन्त्रण बनाएर अर्जेन्टिनाको पोस्टतर्फ सात प्रहार गरे पनि इटालीले गोल गर्न सकेन। जोजियो चिलेनीको अन्तिम खेलमा उनले हार बेहोरेका छन्। इटालीको टिम उनकै कप्तानीमा मैदान उत्रिएको थियो।

अर्जेन्टिनाको टिमको कप्तानी भने मेस्सीले गरेका थिए। यससँगै मेस्सीले अर्जेन्टिनाको लागि दोस्रो उपाधि जितेका छन्। यो खेललाई फाइनलसिमा नाम दिइएको थियो। र, अर्जेन्टिनाले फाइनलसिमाको उपाधि जितेको हो।

प्रकाशित: Jun 02, 2022| 07:28 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।