आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इन्धनको मूल्य घटाउने तयारी भइरहेका बेला भारतले फेरि बढाएर पठायो सूची

इन्धनको मूल्य घटाउने तयारी भइरहेका बेला भारतले फेरि बढाएर पठायो सूची

पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाएर मूल्य घटाउने तयारी भइरहेका बेला भारतले नयाँ सूची पठाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले जानकारी दिएको छ।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

काठमाडौं- सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरिरहेका बेला भारतीय आयल कर्पोरेसन (आइओसी)ले पुनः मूल्य बढाएर पठाएको छ। भारतले मूल्य बढाएर जुन १ (आज) नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जानकारी दिएको हो। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाएर मूल्य घटाउने तयारी भइरहेका थियो।  नेपालमा बिक्री हुने एक लिटर पेट्रोलियम पदार्थमा ५ रुपैयाँ पूर्वाधार कर लाग्दै आएको छ। उक्त कर हटाएपछि प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाउने तयारी गरेको थियो। भारतले नयाँ मूल्यसूची पठाएपछि के गर्ने भन्ने विषयमा मन्त्रालयले छलफल गर्न नै नपाएको स्रोतको भनाइ छ। 

पछिल्लो मूल्यसूचीअनुसार नेपाल आयल निगमलाई थप भार पर्ने निगमको भनाइ छ। भारतले पठाएको सूचीअनुसार अब एक लिटर पेट्रोलमा निगमलाई २२ रुपैयाँ ९३ पैसा घाटा हुनेछ। नेपाली बजारमा एक लिटर पेट्रोलको मूल्य १८० रुपैयाँ प्रतिलिटर छ। भारतले पठाएको नयाँ सूचीअनुसार एक लिटर पेट्रोलको लागत मूल्य २०२ रुपैयाँ ९३ पैसा हुन आउने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। 

यस्तै डिजेलमा १९ रुपैयाँ ७३ पैसा घाटा हुने र एक सिलिन्डर ग्यासमा ७५१ रुपैयाँ १४ पैसा घाटा हुने निगमको दाबी छ। हवाइ इन्धर र मट्टितेलमा भने केही  नाफा रहेको निगमको भनाइ छ। 

हालको मूल्यअनुसार निगमलाई १५ दिनमा ३ अर्ब ७ करोड ६७ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ। चालु आवको पहिलो १०  महिनामा निगमलाई ४७ अर्ब नोक्सानी भएको उल्लेख गरिएको छ। 

प्रकाशित: Jun 01, 2022| 20:34 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्