बुधबार, असार १०, २०८३

हानले थाल्यो 'सिंगल युज प्लास्टिक' हटाउने अभियान

देशभरका होटलले अब एक पटकमात्र प्रयोग गर्न मिल्ने प्लास्टिक प्रयोग नगर्ने भएका छन्।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

काठमाडौं– देशभरका होटलले अब एक पटकमात्र प्रयोग गर्न मिल्ने प्लास्टिक प्रयोग नगर्ने भएका छन्। होटल संघ नेपाल (हान) ले बुधबार कार्यक्रम आयोजना गरी एक पटक मात्र प्रयोग हुने प्लास्टिक (सिंगल युज प्लास्टिक) हटाउने अभियान प्रारम्भ गरिएको जानकारी दिएको हो।

National life

अब होटलले प्लास्टिकबाट बनेका एक पटक प्रयोग गरेर फाल्नुपर्ने सामग्री जस्तै– ब्रस, काँइयो, प्लास्टिक चप्पल, प्याकिङ प्लास्टिकसहित होटलका कोठामा प्रयोग हुने प्लास्टिकजन्य सामग्रीको प्रयोग बन्द गर्नेछन्। हानका अनुसार यो अभियान ठूला होटलबाट प्रारम्भ भएको छ र क्रमशः सबैमा कार्यान्वयन हुनेछ। 

हानकी अध्यक्ष सिर्जना राणाले संसारभरका होटलमा प्लास्टिकमुक्त कोठाको माग बढिरहेकाले नेपालमा पनि यो प्रयास थालेको बताइन्। हानका प्रथम महासचिव विनायक शाहले आगामी दुई वर्षभित्र नेपालका सबै होटलबाट एक पटकको प्रयोगपछि फ्याँक्नुपर्ने प्लास्टिकजन्य प्रदार्थको प्रयोग बन्द गर्ने दाबी गरे।

जलवायु परिवर्तनप्रति सचेतता अपनाउँदै यो अभियान प्रारम्भ गरिएको शाहले जानकारी दिए। उनले भने,  ‘यो कुनै व्यापारिक अभियान होइन, कुनै विदेशी दाता हाम्रो साथमा हुनुहुन्न। हामी नेपाल सरकारको प्लास्टिकमुक्त अभियानमा सहभागी भएका हौं।’

हानको यो अभियानलाई होटल व्यवसायी महासंघ, होमस्टे एसोसिएसन तथा हानका क्षेत्रीय समितिहरुले पनि साथ दिएका छन्।

Shivam cement

प्रकाशित: Jun 01, 2022| 18:26 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्