शनिबार, मंसिर ६, २०८२

नेपालमा पहिलोपटक कैदीबन्दीलाई फुटबल कोर्स

एसियाली फुटबल महासंघ (एएफसी), अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा सेन्टर आश्रय नेपालले जेलमा रहेका कैदीबन्दीहरुलाई लक्षित गरी फुटबल कोर्स गराउने भएको छ।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

काठमाडौं- एसियाली फुटबल महासंघ (एएफसी), अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा सेन्टर आश्रय नेपालले जेलमा रहेका कैदीबन्दीहरुलाई लक्षित गरी फुटबल कोर्स गराउने भएको छ। सातदोबाटोस्थित एन्फाको कार्यालयमा बुधबार पत्रकार सम्मेलगन गर्दै आश्रय नेपालले 'प्रिजन फुटबल, रिहाबिलिटेसन थ्रु फुटबल' कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिएको हो।

National life

कार्यक्रममा बोल्दै आश्रय नेपालकी अध्यक्ष खुस्बु ओलीले इंग्ल्यान्डपछि यस्तो कार्यक्रम आयोजना गर्ने नेपाल पहिलो देश भएको दाबी गरेकी छन्। उनले दुई वर्षअघि इंग्ल्यान्डमा गएर कसरी जेलमा रहेका कैदीबन्दीलाई फुटबल सिकाउन सकिन्छ भन्ने कुरा अध्ययन गरेर आएको पनि बताएकी छन्। इंग्ल्यान्डमा डेबिड डेनले यस्तो कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन्।

‘यसअघि सडक बालबालिका र असाहायलाई फुटबल सिकाएर विभिन्न कार्यक्रममा समावेश गर्दै आएको आश्रय नेपालले आफ्नो कार्यक्रमलाई एएफसीमा पठाएको थियो,’ उनले भनिन्, ‘हामीले यसपटक एएफसी र एन्फाको सहायोगमा केदीबन्दीको मानसिक स्वास्थ्यमा सहयोगका साथै उनीहरुमा आत्मविश्वास जगाउने उद्देश्यले खेलाडी, प्रशिक्षक र रेफ्री प्रशिक्षण तालिम सञ्चालन गर्न गइरहेका छौं।’

यो तालिममा ४८ जना खेलाडी, ३२ प्रशिक्षक र रेफ्री उत्पादन गर्ने योजना आयोजकको छ। त्यस्तै, यो कार्यक्रमको पहिलो चरण जुन ५ देखि सुरु हुनेछ।

‘प्रशिक्षकलाई डी लाइसेन्स, रेफ्रीलाई क्याटेगोरी ४ एन्फा रेफ्री र खेलाडीलाई सहभागीको प्रमाणपत्र प्रदान गरिने छ। रेफ्रीमा भने महिला सेलमा रहेको मात्र छनोट गरिने छ,’ आयोजनले जारी गरेको प्रेस विज्ञप्तिमा छ।

Laxmi sunrise bank
kumari

यो पहिलो चरणको कार्यक्रम भएको दोस्रो चरणको कार्यक्रम भने आगामी डिसेम्बरमा सुरु हुनेछ। एन्फाको तर्फबाट सम्झौतापत्रमा महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरे।

सम्झौतापत्र आदानप्रदानपछि तुलाधरले भने, ‘युवा मानिस जो जेलबाट छुटिहाल्ने अवस्थामा छ, उसलाई यो तालिमले फुटबलमा लागिहाल्नका लागि हौसाला मिल्न सक्छ। यो कार्यक्र थोरै संख्यामा भए पनि मानिसलाई ग्रुम गर्न सकिन्छ भन्ने लागेको छ। एएफसीले गतवर्ष नै यो कार्यक्रम आयोजना गर्नु भनेको थियो तर कोभिडका कारण एक वर्ष ढिलो हुन पुगेको हो।’

तुलाधरले यसलाई नौलो कार्यक्रमको संज्ञा दिएका छन्।

प्रकाशित: Jun 01, 2022| 16:09 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।