शनिबार, मंसिर ६, २०८२

महादेशीय फुटबल विजेता अर्जेन्टिना र इटाली भिड्दै

फुटबलका नामी प्लेमेकर लियोनेल मेस्सीले देशका लागि केही पनि जितेनन् भन्ने मानिसको मुखमा बुच्चो लगाउँदै उनले गत वर्ष महादेशीय फुटबल प्रतियोगिताको उपाधि जिते।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

काठमाडौं– फुटबलका नामी प्लेमेकर लियोनेल मेस्सीले देशका लागि केही पनि जितेनन् भन्ने मानिसको मुखमा बुच्चो लगाउँदै उनले गत वर्ष महादेशीय फुटबल प्रतियोगिताको उपाधि जिते।

National life

ब्राजिलमा भएको प्रतियोगिताको फाइनलमा घरेलु टिम ब्राजिललाई नै फाइनलमा हराएर उनले देशका लागि पहिलो उपाधि जितेका थिए। मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ब्राजिललाई १–० ले हराएको थियो। क्लब फुटबलबाट सबैथोक जितिसकेका मेस्सी यससँगै विश्वकै शृंगारिक खेलाडीका रुपमा अघि बढ्ने बाटोमा थिए। अझै पनि छँदै छन्।

त्यो उपाधिले एउटा अर्को उपाधितर्फ अघि बढाएको हो। धेरै नै व्यस्त तालिकाका बाबजुद दक्षिण अमेरिकी फुटबल प्रतियोगिताको विजेता र युरोपेली फुटबलको विजेताबीच खेल गराउन माग गरिएको थियो।

यता इंग्ल्यान्डमा भएको युरोकप फाइनलमा घरेलु टिम इंग्ल्यान्डलाई हराउँदै इटालीले लामो प्रतीक्षापछि युरोकप जितेको थियो। इटालीले इंग्ल्यान्डलाई हराएर युरो २०२० को उपाधि जितेको थियो। वेम्बलीमा भएको फाइनलमा बराबरी भएपछि इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराएको थियो। त्यसपछि त युरोपको विजेता र अर्जेन्टिनाको विजेताबीचको खेलको माग गरिएको थियो।

त्यसपछि दक्षिण अमेरिकी फुटबलको सर्वोेच्च निकाय कोम्बेबल र युरापेली फुटबलको सर्वोच्च निकाले यूईएफएले दुवै टिमका खेलाडी फुर्सदमा रहेको समयको खोजी गरिरहेको थियो।

Laxmi sunrise bank
kumari

तर ती प्रतियोगिता सकिएलगत्तै क्लब फुटबल सुरु भएकाले यी दुई विजेताबीचको खेल उतिबेला सम्पन्न हुन सकेन। त्यो खेल आज इंग्ल्यान्डमा हुँदैछ। इंग्ल्यान्डको चर्चित वेम्बली रंगशालामा आज राति १२ बजेबाट यी दुई टिमले आपसमा प्रतिस्पर्धा गर्नेछन्।

यो खेलमा मेस्सीको अर्को धोको हुनेछ कि आफ्नो देशलाई अर्को उपाधि दिलाउने। यता युरोकपमा जित निकालेर पनि विश्वकप पुग्न नसकेको रोष इटालीलाई छ। उसले सन् २०१० यता विश्वकपको यात्रा गर्न सकेको छैन।

सन् २००६ को विश्वकप जितेको इटालीले लगातार तीन सिजनको विश्वकप गुमाइरहेको छ। यो वर्ष त उसले प्लेअफमा नर्थ म्यासेडोनियासँग हार बेहोरेर विश्वकपको यात्रामा पूर्णविराम लगाएको हो।

त्यसैले इटाली आज सबै दुःख विर्सिएर अर्जेन्टिनाविरुद्धको खेलमा होमिने छ। यी दुई टिमबीच हुने खेल कोन्मेबल–यूईएफए महादेशिय कप हो। यस प्रतिस्पर्धालाई फाइनलसिमा नामाकरण गरिएको छ। र, यो तेस्रो संस्करण पनि हो।

इटाली डिफेन्डर जर्जियो चिलिनीको कप्तानीमा मैदान उत्रने छ। उनको यो अन्तिम अन्तराष्ट्रिय खेल हुनेछ । उनले यस खेलबाट सन्यास लिनेछन्।

यस्तै अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा मैदान उत्रनेछ। मेस्सी आफ्नो अरिअरको ४० औं उपाधिको पर्खाइमा छन्।

प्रकाशित: Jun 01, 2022| 14:11 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।