बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकका ग्राहकलाई मिनिसो र मिसियो स्टोरमा क्यासब्याक अफर

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मिनिसो र मिसियो स्टोरमा क्यासब्याक अफर

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मिनिसो र मिसियोका स्टोरहरूबाट सामान किन्दा १० प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९
National life
Shivam cement

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मिनिसो र मिसियोका स्टोरहरूबाट सामान किन्दा १० प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ। बैंकले अन्तर्राष्ट्रिय ब्रान्डहरू मिनिसो र मिसियोसँग साझेदारी गरी यो योजना सार्वजनिक गरेको हो। 

यस योजनामा ग्लोबल आइएमई बैंकका ग्राहकहरूले बैंकको डेबिट–क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर मार्फत भुक्तानी गर्दा प्रत्येक कारोबारमा १० प्रतिशत (अधिकतम रु. ३०० सम्म) क्यासब्याक पाउनेछन् । 

यो योजना जेठ १८ गते बुधबारदेखि काठमाडौं उपत्यकाभित्रका मिनिसो र मिसियोका सबै स्टोरहरूमा लागू हुनेछ। फ्रेन्चाइजमा आधारित अन्तर्राष्ट्रिय रिटेल चेन डिपार्टमेन्टल स्टोर मिनिसो र मिसियोका १२ भन्दा बढी स्टोरहरू रहेका छन् ।


प्रकाशित: Jun 01, 2022| 13:52 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्