काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा जेठ १७ गतेदेखि थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले मोरङ जिल्लाकोे पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा पथरी शाखा र सुनसरी जिल्लाकोे इनरुवा नगरपालिका–१, भगवतीरोड मा इनरुवा शाखा बाट सेवा प्रारम्भ गरेको हो ।
पथरी शाखा बैंकका संचालक समिति सदस्य मनबहादुर राई र पथरी शनिश्चरे नगरपालिकाको मेयर मोहनप्रसाद तुम्वापोले पथरी शाखाको संयुक्त उद्घाटन गरी सेवा शुभारम्भ गरेका छन्।
साथै इनरुवा शाखा बैंकका संचालक समिति सदस्य अभिषेक बज्राचार्य र इनरुवा नगरपालिकाको मेयर केदार भण्डारीले संयुत्त उद्घाटन गरी सेवा शुभारम्भ गरेका छन्।