बुधबार, असार १०, २०८३

बजेट मानिस भुलाउने ललिपपजस्तो : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट निर्वाचन केन्द्रित रहेको टिप्पणी गरेका छन्।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट निर्वाचन केन्द्रित रहेको टिप्पणी गरेका छन्।

National life

अध्यक्ष लिङ्देनले ललिपपजस्तो मानिसलाई भुल्याउने गरी सरकारले बजेट ल्याएको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाए। बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटले चर्को मूल्यवृद्धि रोक्ने, मुलुकको आर्थिक संकट समाधान गर्ने कुनै प्रयास नगरेको दावी गरे।

अध्यक्ष लिङ्देनले बजेटले जनताको जीवनमा परिवर्तन ल्याउने कुनै योजना प्रस्तुत गर्न नसकेको समेत बताए। उनले भने, ‘बजेटको कुरा गर्दा अहिले मात्रै हामीले वितरणमुखी बजेट ल्याएको हो, अहिले मात्रै हामीले यस्तो बजेट ल्याएको हो? भनेर टार्ने र जवाफ दिने खालको आउँछ। यो हाम्रो लागि र हामी कसैको लागि पनि सुखद् कुरा होइन। यो बजेटको हाम्रो जीवनमा परिवर्तन गर्न सक्दैन। देशमा अहिले जुन प्रकारको आर्थिक संकट देखिँदै गएको छ, जुन प्रकारको मूल्यवृद्धि देखिँदै गएको छ। त्यसलाई रोक्नेतर्फ यो बजेट उन्मुख छैन। यो बजेट केवल निर्वाचन लक्षित छ। आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको छ। यो बजेटको स्रोत के हो, यसको कार्यान्वयनका आधारहरु के हुन्? कहीँ पनि स्पष्ट छैन।' 

अध्यक्ष लिङ्देनले सरकारले ल्याएको बजेट स्रोतको यकिन नगरी अनुमानको भरमा आएको पनि बताए। उनले बजेटमा हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने संयन्त्रको टुंगो नलगाई त्यसको कपडा प्रयोग गर्ने हावादारी कुरा गरिएको बताए।


प्रकाशित: Jun 01, 2022| 13:28 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्