बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • १० हजार डाउन पेमेन्टमै इलेक्ट्रिक स्कुटर दिने लेभ्निङको योजना

१० हजार डाउन पेमेन्टमै इलेक्ट्रिक स्कुटर दिने लेभ्निङको योजना

लेभ्निङ इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले ‘तपाईंको गोजीमा कति छ?’ ट्यागलाइनका साथ आकर्षक स्किम ल्याएको छ।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

काठमाडौं– लेभ्निङ इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले ‘तपाईंको गोजीमा कति छ?’ ट्यागलाइनका साथ आकर्षक स्किम ल्याएको छ।

National life

यस अनुसार कम्पनीले ‘१० हजार ल्याउनुहोस्, लेभ्निङ स्कुटर लानुहोस् ’ भनेको छ। १० हजारमा फाइनान्सका साथ उपलब्ध हुने यो स्किम नेपाली दुई पांग्रे सवारी बजारमा नौलो र आकर्षक स्किम हुन सक्छ।

यसका लागि फाइनान्स पार्टनरको रुपमा ललितपुरको लगनखेलमा अवस्थित गतिशील बचत तथा ऋण सहकारी संस्थाले ग्राहकलाई आवश्यक फाइनान्स सुविधा उपलब्ध गराउने बताइएको छ, ग्राहकलाई १२, १८ र २४ महिना सम्मका लागि फाइनान्स सुविधा उपलब्ध हुनेछ।

यो स्किममा सम्मिलित हुनका लागि फाइनान्सले मागेका डकुमेन्टहरु उपलब्ध गराउनु पर्नेछ। नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन्। यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँसम्म छ।

यी स्कुटरमा विश्व प्रसिद्ध जर्मनको बोस कम्पनीको मोटर र विभिन्न क्षमताका लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ। ब्याट्री सिंगल र रिप्लेसेबल ड्युअल गरी दुवै प्रकारका छन्।

Shivam cement

स्कुटरमा विभिन्न तीन राइडिङ मोड छन् भने एन्टी थेफ्ट रिमोट कन्ट्रोल लगायतका विभिन्न फिचर उपलब्ध छन् भने २ वर्षको वारेन्टी उपलब्ध छ। इलेक्ट्रिक स्कुटरको सर्भिसिङमा खर्च नहुने र पेट्रोलियम पदार्थ समेत प्रयोग नगर्नु पर्ने भएकाले वार्षिक रुपमा करिब एक लाख रुपैयाँ बचत हुने बताइएको छ।

त्यसैगरी नेपालको बिजुली नेपालमै खर्च हुने भएकाले पेट्रोलियम पदार्थ खरिदका लागि विदेश पठाउनु पर्ने पैसा नेपालमै बचत हुनेछ। वातावरण प्रदूषण नहुने भएकाले समेत इलेक्ट्रिक स्कुटर प्रयोग गर्नु उपयुक्त हुन्छ। 

काठमाडौं उपत्यकाको नक्साल, भैंसेपाटी, बाफल र पाटनका साथै उपत्यका बाहिर धनगढी, पाल्पा र पोखरामा यसको सोरुम रहेको छ भने २० वटा नयाँ सहरमा चाँडै नयाँ सोरुम सञ्चालनमा आउने बताइएको छ। बज्र ग्रुपले नेपाली बजारमा ३० वर्ष भन्दा लामो समय देखि सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: Jun 01, 2022| 12:26 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्