काठमाडौं– सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सचिन जंग रायमाझी नियुक्त भएका छन्।
हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले जेठ १८ गते देखि लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
नेपाल बंगलादेश बैंकबाट बैंकि– शुरु गरेका रायमाझीसँग नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंक (एनसीसी बैंक, मेगा बैंक र प्रभु बैंक)मा गरी २१ वर्षको बैंकिङ अनुभव छ ।
विगत साढे चार वर्ष देखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख संचालन अधिकृतको समेत भूमिका निर्वाह गरिसकेका उनले नायव प्रमुख कार्यकारी अधिकृतकोे भूमिका समेत सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पुर्याउने बैंकले विश्वास लिएको छ ।