शनिबार, माघ ५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • बजेटमा विरोधाभास : आत्मनिर्भर अर्थतन्त्र कि आयात प्रवर्द्धन?

Siddartha premir insuranceSiddartha premir insurance

बजेटमा विरोधाभास : आत्मनिर्भर अर्थतन्त्र कि आयात प्रवर्द्धन?

बजेटले कृषिमा उत्पादन बढाउने बताएपनि ‍मल, बीउ, सिँचाई अभावका कारण अल्पकालमा उत्पादन बढ्ने र आयात प्रतिस्थापन हुने संभावना न्युन छ। यसैगरी सवारी साधान उत्पादन तथा एसेम्बलिङमा कर छुटले तत्कालै अर्थतन्त्रमा फाइदा पुर्याउने सम्भावना छैन। पुर्‍याएपनि त्यसको लाभ निश्चित व्यापारिक घरानाले लिने देखिन्छ।
 |  बुधबार, जेठ १८, २०७९

किशोर दाहाल

किशोर दाहाल

बुधबार, जेठ १८, २०७९

ntc landingntc landing

काठमाडौं- आइतबार संसदमा बजेट प्रस्तुत गरेपछि सोमबार अर्थ मन्त्रालयको सुवर्ण हलमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्मा निकै 'पुलकित' देखिन्थे। सामान्य अवस्थाभन्दा फरक ढंगमा पत्रकारसामु प्रस्तुत भए। उनको अनुहारको भावभंगी तथा प्रस्तुतिमा विजयीभाव देख्न सकिन्थ्यो। विवादैविवादका बीच पनि बजेट प्रस्तुत गर्न सफल भएको सन्देश उनको शारीरिक हाउभाउ र प्रस्तुतिले दिइरहेको थियो। 

himalayan bank box

अर्थमन्त्री शर्मासँगै बजेटपछिको पत्रकार सम्मेलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व सचिव कृष्णहरि पुष्कर, आर्थिक सल्लाहकार डा सुरेन्द्र उप्रेती र बैंक तथा वित्तीय क्षेत्र सल्लाहकार डा शालिग्राम पोखरेल र अर्थ मन्त्रालयका सहसचिवहरू उपस्थित भए। गभर्नर महाप्रसाद अधिकारी निर्धारित समयभन्दा अगाडि कार्यक्रमस्थलमा पुगेर पत्रकारहरुसँगै बसेका थिए। अर्थमन्त्री जनार्दन शर्मालाई सुवर्ण हलबाटै उठेर अधिकारीले स्वागत गरेका थिए। अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच 'टसल' परेपछि अर्थमन्त्री शर्माले गभर्नर निलम्बनमा जाने गरी छानबिन समिति बनाएका थिए। सर्वोच्च अदालतले अधिकारीको निलम्बन र छानबिन समितिलाई नै अवैध बनाइदिएपछि अधिकारी पुनः नेपाल राष्ट्र बैंक फर्किएका हुन्। आर्थिक क्षेत्र नियमन गर्नेसमेतको अधिकार पाएका यी दुई अधिकारीहरूबीच सहज सम्बन्ध छैन। 

बढ्दो आयातले थला परेको अर्थतन्त्रमाथि सरकारले ल्याएको महत्वाकांक्षी बजेटले अर्थतन्त्रको बाह्य क्षेत्र व्यवस्थापन गर्न सरकारले ल्याएको बजेटमा सहयोग गरेर अगाडि बढ्ने प्रतिबद्धता अधिकारीले व्यक्त गरे। ८ प्रतिशतको आर्थिक वृद्धिका लागि प्रवाह गर्नुपर्ने कर्जा प्रवाह, २ खर्ब ५३ अर्ब रुपैयाँ आन्तरिक ऋणका कारण तरलतामा पर्ने दबाब, १२ खर्ब ४० अर्ब आन्तरिक राजस्व लक्ष्यका कारण आयातमा पर्ने दबाब तथा यसका कारण चालु खाताघाटा तथा शोधनान्तर घाटा पर्ने दबाब र विदेशी मुद्राको सञ्चितिमा आउन सक्ने ह्रास जस्ता जोखिमका बिच पनि गभर्नर अधिकारीले सरकारलाई सहयोगको आश्वासन दिइरहेका थिए। अन्तर्राष्ट्रिय स्तरमा भइरहेको रुस र युक्रेनबीच जारी युद्ध तथा युरोपेली संघको प्रतिबन्धले पेट्रोलियम पदार्थको मूल्य थप बढ्ने, ऊर्जा संकट, कर्जा पदार्थ अभावले हुने मूल्यवृद्धिका आयात बढ्ने बुझेका गभर्नरले कुनै पनि प्रतिक्रिया जनाएनन्। चुपचाप सुनी मात्रै रहे।

विगतका अर्थमन्त्रीले आफूले प्रस्तुत गरेको बजेटका केही महत्वपूर्ण बँदाहरु टिपोट गरेर ल्याएर पढ्थे। तर, यस पटक शर्माले त्यस्तो गरिरहेका थिएनन्। उनले आफूले प्रस्तुत गरेको बजेटको सबै कुरा मौखिक रुपमा नै सुनाइरहेका थिए। उनले आर्थिक वृद्धिदर र बजेटको आकार महत्वकांक्षी भएपनि प्रतिशतको हिसाबमा विगतको तुलनामा घटाउन सफल भएको दाबी प्रस्तुत गरिरहेका थिए। प्रमुख प्रतिपक्षी दलप्रति कटाक्ष गर्दै अर्थमन्त्रीले गाउँगाउँमा सड्क विस्तार मात्रै बजेट नभएको तर्क गरे।

प्रकाशित: Jun 01, 2022| 10:21 बुधबार, जेठ १८, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्