बुधबार, असार १०, २०८३

म्याग्दीका पालिकालाई दुई अर्ब ११ करोड

बजेट वक्तव्यको विवरणमा म्याग्दीको बेनी नगरपालिका र पाँच गाउँपालिकालाई समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान शीर्षकमा सो बजेट विनियोजन गरिएको उल्लेख छ।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

म्याग्दी- संघीय सरकारले म्याग्दीका स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि कूल दुई अर्ब ११ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको छ।

National life

अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गर्नुभएको बजेट वक्तव्यको विवरणमा म्याग्दीको बेनी नगरपालिका र पाँच गाउँपालिकालाई समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान शीर्षकमा सो बजेट विनियोजन गरिएको उल्लेख छ।  

बेनी नगरपालिकाले ५१ करोड ४२ लाख, अन्नपूर्ण गाउँपालिकाले ३३ करोड ८३ लाख र धवलागिरि गाउँपालिकाले २७ करोड ६७ लाख रुपैयाँ अनुदान पाउने भएका छन्। यसैगरी मङ्गला गाउँपालिकाले रु ३१ करोड २९ लाख, मालिका गाउँपालिकाले ३५ करोड दुई लाख र रघुगङ्गा गाउँपालिकाले ३२ करोड ३८ लाख अनुदान पाउने भएका छन्।

संघीय सरकारले म्याग्दीमा आर्थिक वर्ष २०७८/७९ का लागि दुई अर्ब ६९ लाख र २०७७/७८ मा एक अर्ब ७७ करोड विनियोजन गरेको थियो।

संघ र प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन बाँकी अनुमानित बजेटलाई आधार मानेर स्थानीय तहले आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र बजेट बाँडफाँटको प्रक्रिया थालेका छन्।

Shivam cement

प्रकाशित: Jun 01, 2022| 09:40 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्