बुधबार, वैशाख ३, २०८२

‘हामी विश्वकपमा नपुग्नुपर्ने कारण देखेको छैन’

त्यो विश्वकपको लागि आउँदो जेठ १९ गतेबाट मलेसियामा एसियाली छनोट हुनेछ। एसियाली छनोटमा नेपालसहित छ टिमको सहभागिता रहने आईसीसीले जनाएको छ।
 |  मंगलबार, जेठ १७, २०७९
nespernesper

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, जेठ १७, २०७९

vianetvianet

काठमाडौं- नेपाली क्रिकेटको पुरुष टोलीले विश्वकपको स्वाद चाखिसकेको छ। सिनियर टिमले एकपटक विश्वकप खेलेको छ भने यू-१९ टिमले त सात पटक विश्वकपको यात्रा गरिसकेको छ। कुनै पनि टिमले विश्वकपकप खेलेको छ भने त्यो पनि क्रिकेटले नै हो।

triton college

तर, नेपाली महिला क्रिकेट टिमले भने अहिलेम्म विश्वकपको यात्रा गर्न सकेको छैन। पछिल्लो समय नेपाली महिलाको सिनियर टिम छनोटबाटै बाहिरिएको छ। यता महिलातर्फको यू १९ विश्वकप भने अहिलेम्म आयोजना नै भएको थिएन।

त्यो विश्वकपको लागि आउँदो जेठ १९ गतेबाट मलेसियामा एसियाली छनोट हुनेछ। एसियाली छनोटमा नेपालसहित छ टिमको सहभागिता रहने आईसीसीले जनाएको छ।

एसियाली छनोटमा सहभागी नेपाल, मलेसिया, भुटान, थाइल्यान्ड, कतार र यूएईमध्ये एउटा टिमले विश्वकपमा स्थान बनाउने छ। र, त्यो एसियाली छनोट खेल्न जाने नेपाली यू १९ टिमलाई मंगलबार नेपाल क्रिकेट संघले विदाई गरेको छ।

विदाईपछि नेपाल समयसँगको कुराकानीमा टिममा मूख्य प्रशिक्ष रमेश प्रसाद रिजालले नेपाली टिमले पहिलो पटक भएको विश्वकप खेल्ने दाबी गरे। ‘क्रिकेट अनिश्चितताको खेल हो। त्यसमा हामीले नजित्नुपर्ने कारणहरु देखेको छैन। आफूले गर्नुपर्ने जुन प्रकृया हो अभ्यासमा सहि तरिकाले गरेका छौं। त्यो खेलमा देखाउँछौं। आफ्नो योजना मुताविक खेल्यौँ नजित्ने भन्ने छै,’ उनले भने।

National life insurance

क्यालने यू १९ टिमको कप्तानमा कृतिका मरासिनीलाई नियुक्त गरिसकेको छ। कृतिकाले यसअघि पनि नेपाली यू १९ टिमको प्रतिनिधित्व गरिसकेकी छन्। उनी पनि आफूले नेपाललाई विश्वकपमा पुर्याउने सम्भावना रहेको बताउँछिन्। ‘रियालिटी बेसमा भन्दा मैले हामी छनोट हुने सम्भावना देखेकी छु। हामीलाई क्यान र प्रशिक्षकले भनेअनुसार सम्भावना छ,’ उनले भनिन्।

नेपाल क्रिकेट संघ क्यानले केही महिनाअघि मात्र धनगढीमा यू-१९ क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो। त्यसबाट खेलाडी छनोट भएका हुन्। 

तर आउँदो जनवरी २३ बाट अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पहिलो पटक यू-१९ महिला विश्वकप आयोजना गर्दैछ। खेलाडी विदाई गर्दै क्यानका सचिव प्रशान्त विक्रम मल्ल भन्छन्, ‘धनगढीमा यू १९ महिला क्रिकेट गर्‍यौं। त्यसबाट ४४ खेलाडी छनोट गर्‍यौं। अहिले त्यसबाट यो टिम तयार भएको छ।’

मल्लले क्यान निलम्बन हुँदा महिला टिम धेरै पछि परेको पनि बताएका छन्। तर अब ‘पुरुषसँगै महिला टिम प्रति पनि त्यत्तिककै सिरियस’ रहेको मल्ल बताउँछन्। ‘खेलाडी छनोट गरेर यू १९ को एक महिना अभ्यास भएको छ। अहिले यो टिम यू १९ विश्वकप छनोटमा खेल्न जाँदैछ। यो टिमबाट हामीले धेरै आशा राखेका छौं।’

यू-१९ खेल्ने कतिपय खेलाडी त १५ वर्षका पनि छन्। यद्यपि देशलाई विश्वकपमा पुर्‍याउने जिम्मेवारी उनीहरुमा पनि उति नै छ।

जितका लागि आवश्यक तयारी छ : कोच, महेश प्रसाद रिजाल

एक महिनादेखि चलिरहेको बन्द प्रशिक्षण शिविरमा नेपालले सबै पक्षमा राम्रो तयार गरेको प्रशिक्षक रिजाल बताउँछन्। ‘आवश्यक सबै तयारी गरिरहेका छौं। जित्ने लक्ष्यका साथ आवश्यकता अनुसारको काम गरेका छौ,’ उनले नेपाल समयसँग भने। 

उनी नेपालको बलिङ र ब्याटिङ दुवै पक्ष एकदमै सन्तुलित रहेको बताउँछन्। ‘हाम्रो बलिङ र ब्याटिङ दुवै पक्ष एकदमै सन्तुलित छ। हामीसँग टिममा तीनजना फास्ट बलर छन्। त्यस्तै, तीन स्पिन बलर पनि छन्। उनीहरुलाई सहयोग गर्न स्पिनर अलराउन्डर पनि छन्। फास्टबलर अलराउन्डर पनि दुई खेलाडी छन्,’ उनले टिमबारे जानकारी दिए। 

प्रशिक्षकका अनुसार टिममा ब्याटिङको गहिराई बुझेर खेल्नसक्ने खेलाडी पनि छन्। एकेडेमीमा सिकेर आउने खेलाडी धेरै रहको उनी बताउँछन्। ‘खासमा यो उमेर समूह भएकाले धेरै अनुभव खेलाडीसँग त छैन। धेरैजसो खेलाडीले राष्ट्रिय प्रतियोगितामा विभिन्न प्रदेशबाट खेल्दै आइरहेका नै छन्,’ उनले अगाडि भने।

यो प्रतियोगिता टी २० फर्म्याटमा हुनेछ। त्यसैले यो फर्म्याटमा खेल्नमा लागी नेपाली खेलाडी पोख्त रहेको रिजालको भनाई छ। थाइल्यान्डमा पछिल्लो पटक यू-१९ खेलिसकेका कृतिका र सृष्टि टिममा छन्। कृतिकाले पनि अन्तर्राष्ट्रि खेलबारे आफ्ना साथीहरुलाई बताइरहेकी छन्।

‘पहिला खेलेका म र सृष्टि छौं। अरुले राष्ट्रिय प्रतियोगित खेलेका छन्। जो प्रतिस्पर्धी छन्, उनीहरु पनि हाम्रो स्तरका हुन भने मैले सम्झाइरहेको छु। नयाँ खेलाडीलाई दबाब हुन्छ त्यसलाई कसरी लिन्छौं भन्‍ने हो। विपक्षीका खेलाडी पनि हामीजस्तै हो भनेर मैले पनि सबैलाई सम्झाएकी छु,’ उनी आफ्नो अनुभव साथीलाई सेयर गरेको बताउँछन्।

त्यसो त अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीलाई शुभकामना दिँदै पुरुषले सात पटक विश्वकप खेलिसकेको उद्घोष गरेका छन्। उनले भनेको कुराले महिला टिमलाई विश्वकपमा पुग्नका लागि दबाब सिर्जना गरेको छ त? जवाफमा मुख्य प्रशिक्षक रिजाल भन्छन्, ‘मैले यसलाई प्रेरणाको रुपमा लिएको छु। हाम्रो देशको यू-१९ केटाहरुले गरेको छन् भने हामीले किन गर्न नसक्ने? हामी पनि क्रिकेट अघि बढाउनु छ। त्यहि नै मार्गचित्रमा हिँड्न सक्यौँ क्रिकेट राम्रो पथमा जान्छ भन्ने बुझेको कारण हामी जितमा केन्द्रित हुनेछौं।’

दुई बाहेक सबै खेलाडीको पहिलो अन्तर्राष्टिय भ्रमण हो। त्यसका लागि उनीहरु सबै उत्साहित छन्। ‘मलेसियामा राम्रो प्रदर्शन गर्ने कुरामा सबै खेलाडी उत्साही’ रहेको प्रशिक्षक रमेश बताउँछन्।

कृतिका चाहिँ ‘अलिअलि दबाब भए पनि खेलमा असर नहुने’ आशा गर्छिन्। उनलाई थाइल्यान्ड र यूएई टिम बलियो लागेको छ। प्रशिक्षक रमेशलाई पनि त्यस्तै लाग्छ। ती टिमविरुद्ध कति बलियो प्रतिस्पर्धा होला? ‘मेरो बुझाइमा कुनै पनि टिम कमस्तरको भन्ने छैन। सबैले हामीलाई कडा फाइट दिनेछन्। सुन्नमा आएअनुसार थाइल्यान्ड राम्रो छ। त्यहाँ सिनियरदेखि जुनियरसम्मै राम्रा खेलाडी छन्,’ प्रशिक्षक रमेशले भने, ‘यूएईको टिम पनि धेरै राम्रो छ। राम्रो नखेली हामीले जित निकाल्न सक्दैनौ। राम्रो खेल्नेमा हामी केन्द्रित हुनेछौं।’

नेपालले यो विश्वकप छनोटअघि कुनै पनि मैत्रीपूर्ण खेल खेलेको छैन। त्यसले यसलाई घाटा पनि हुनसक्छ। यद्यपि टिमले आपसमा खेलेको छ र सिनियर टिमका खेलाडीसँग पनि अभ्यास गरिसकेको छ। ‘त्यो अभ्यासले हामीलाई सहयोग गर्नेछ भन्ने लाग्छ,’ प्रशिक्षकले भने।

नेपालले पहिलो पटक विश्वकप छनोट खेल्नुअघि धेरै अनुत्तरित प्रश्न त रहने नै भए। यसलाई बुझेकी कप्तान कृतिका ‘नेपालको लागि राम्रो खेलेर आउने’मा प्रतिबद्ध छन्।

‘हामीले विपक्षी टिमबारे जानकारी लिएका छौं। मलेसिया र थाइल्यान्डविरुद्ध त पहिले मैले नै खेलेको हो। त्यसले दुई टिमबारे थाहा छ। बाँकी टिमका लागि म पनि नयाँ हो,’ कृतिकाले भनिन्, ‘मलेसिया अहिले यहाँभन्दा अलि गर्मी हो। त्यसमा हामी बेस्ट दिने प्रयास गर्नेर्छौँ।’

क्यानका अध्यक्ष चन्दले आईसीयू-१९ एसिया क्वालिफायरमा सहभागी आशलाग्दो नेपाली टोलीलाई शुभकामना दिए। उनले, यस्तै खालको गेममा नेपालले जितेको उदाहरण दिँदै अन्य प्रतिस्पर्धामा नेपाली टिम च्याम्पियन भइसकेको बताएका छन्।

‘यो छनोटमा प्रथम हुने टिमले विश्वकप खेल्न पाउँछ। पछिल्लो समय थाइल्यान्डको सिनियर टिमले विश्वकप खेलिसकेको छ। नेपाल पनि फाइनल पुग्छ भन्ने लाग्छ,’ उनले भने, ‘ पछिल्लो समय क्रिकेट संघको निलम्बनपछि पुनः स्थापना भए देखि हामीले यू १९ मा लगानी गरेका छौं।’

सन् २०२३ को जनवरीमा दक्षिण अफ्रिकामा हुने विश्वकपमा १६ टिमको सहभागिता रहनेछ भने कूल ४१ खेल हुनेछन्। यसअघि यो प्रतियोगिता सन् २०२१ मा आयोजना हुने तय थिया। तर कोभिड १९ को महामारीका कारण दुई वर्ष पछि धकेलिएको हो।

यो विश्वकपको छनोटमा नेपालले जुन ३ मा हुने पहिलो खेलमा कतारको सामना गर्नेछ। त्यस्तै, जुन ४ मा नेपालले यूएईसँग खेल्नेछ भने जुन ६ मा नेपाल भुटानको खेल रहेको छ। नेपालले चौथो खेल थाइल्यान्डसँग जुन ७ मा खेल्नेछ भने मलेसियासँग अन्तिम खेल जुन ९ मा खेल्ने तालिका रहेको छ।

प्रकाशित: May 31, 2022| 21:42 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।