बिहीबार, वैशाख २०, २०८१

आफ्नै क्याम्पसको लापरबाहीले परीक्षा दिन नपाएपछि...

मंगलबारबाट पहिलो सेमेस्टरको परीक्षा सुरु भएको छ। उनका साथीहरु सबै परीक्षामा सहभागी भएका छन्। साथीहरु परीक्षा केन्द्र त्रिचन्द्र क्याम्पस धाइरहँदा उनी भने न्याय खोज्न क्याम्पस र बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय धाइरहनु परेको छ।
 |  मंगलबार, जेठ १७, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

मंगलबार, जेठ १७, २०७९

काठमाडौं– आफैं पढ्ने क्याम्पसको लापरबाहीका कारण स्नातकोत्तर तहमा अध्ययनरत एक छात्रा परीक्षा दिनबाट वञ्चित भएकी छन्। पद्मकन्या क्याम्पसमा पढ्ने गायत्री सिंहले परीक्षा दिन नपाएकी हुन्। 

triton college

क्याम्पस प्रशासनसँगै र त्रिविको कमजोरीको सजाय उनले पाएकी छन्। स्नातकोत्तरमा अध्ययनरत सिंहको एक वर्ष ‘लस’ भएको छ।

मंगलबारबाट पहिलो सेमेस्टरको परीक्षा सुरु भएको छ। उनका साथीहरु सबै परीक्षामा सहभागी भएका छन्। साथीहरु परीक्षा केन्द्र त्रिचन्द्र क्याम्पस धाइरहँदा उनी भने न्याय खोज्न क्याम्पस र बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय धाइरहनु परेको छ। 

आज हुने परीक्षाको लागि हिजो अर्थात् सोमबार प्रवेशपत्र लिन उनी उनी आफू अध्ययनरत क्याम्पस पद्मकन्यामा पुगेकी थिइन्। तर उनले प्रवेशपत्र पाइनन्। उल्टै एटेन्डेन्स नपुगेको, शुल्क नतिरेको भन्दै प्रवेशपत्र नपाउने जानकारी पाइन्। त्यसपछि आत्तिएकी उनले सिधै बल्खुस्थित त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा कुरा गरिन्। बल्खुबाट पाएको जानकारीअनुसार उनको परीक्षा फारम नै क्याम्पसले पठाएको रहेनछ।

जबकी सिंहसँग परीक्षा फर्म भर्दा तिरेको दस्तुरको बिल नै छ। परीक्षा फर्म भरेबापत उनलाई क्याम्पसले १६ सय रुपैयाँ शुल्क लिएको छ। तर, क्याम्पसले उनको परीक्षा फर्म भने त्रिविमा पठाएको रहेनछ। त्यसपछि उनले पुनः क्याम्पस प्रशासनसँग कुरा गरिन्। आफूले ‘फुड एण्ड न्युट्रिसन’मा फर्म भरे पनि प्रवेशपत्र नपाउनुको कारणबारे बुझ्न खोजिन्। कलेजले भने झारो टार्ने जवाफ फर्कायो। सुरुमा त्रिविको मापदण्डअनुसार हाजिर नपुगेको र शुल्क नतिरेर प्रवेशपत्र नआएको हुनसक्ने अनुमानित जवाफ कलेजले फर्कायो। 

corrent noodles
Metro Mart

तर, पछि बुझ्दा सिंहको हाजिरी पनि पुगेको छ। शुल्क तिरेको बिल पनि क्याम्पसलाई देखाइन्। त्यसपछि क्याम्पसले जवाफ फेर्यो। क्याम्पसमा हुने आन्तरिक परीक्षा अर्थात् ‘प्रि–बोर्ड’ परीक्षामा फेल भएकोले कलेजले फर्म नपठाएको जवाफ कलेजले दियो। नेपाल समयसँग कुरा गर्दा पनि क्याम्पस प्रशासनले त्यस्तै जवाफ दियो।

मंगलबारबाट पहिलो सेमेस्टरको परीक्षा सुरु भएको छ। उनका साथीहरु सबै परीक्षामा सहभागी भएका छन्। साथीहरु परीक्षा केन्द्र त्रिचन्द्र क्याम्पस धाइरहँदा उनी भने न्याय खोज्न क्याम्पस र बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय धाइरहनु परेको छ। 

जबकी एक महिनाअघि भएको ‘प्रि–बोर्ड’ परीक्षाको नतिजा आजसम्म सार्वजनिक भएको छैन। नतिजा सार्वजनिक नै नगरी एकाएक फेल भएको भन्दै फर्म नपठाएर आफ्नो भविष्य धरापमा पारिदिएको सिंहको भनाइ छ। ‘ब्याक लागेको रिजल्ट नै कलेजले देखाएको छैन। ब्याक लागेको छ भने त नतिजा देख्नुपर्यो नि त। रिजल्ट कलेजमा टाँसिएकै छैन। नजिजा ‘पब्लिस’ नै नगरी मनलाग्दी गर्ने?,’ उनले आक्रोश पोखिन्। 

त्यस्तै, त्रिविले पनि यस्ता विषयमा ‘मनिटरिङ’ गरेको पाइएन। आफूले सम्बन्धन दिएको कलेजमा भएका यस्ता लाबरबाहीबारे त्रिवि बेखबर छ। सेमेस्टर प्रणालीमा ‘प्रि–बोर्ड’ परीक्षा गराउनुपर्ने भन्ने प्रावधान राखिए पनि यसको नियमनमा त्रिवि चुकेको देखिन्छ। जसको उदाहरण पद्मकन्या क्याम्पसमा परीक्षा भएर पनि नतिजा सार्वजनिक नहुनु हो।

त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालका अनुसार प्रि–बोर्ड परीक्षा क्याम्पसले नै गर्ने भए पनि सेमेस्टर प्रणालीमा भने डिन कार्यालयले नै परीक्षा भए–नभएको अनुगमन गर्नुपर्छ। तर, डिन कार्यालयबाट सोचेअनुरुपको अनुगमन भएको पाइँदैन। 

यद्यपि, भुसालले भने उजुरी परेको वा सामान्य अवस्थामा डिन कायौलयले नै अनुगमन गर्ने गरेको बताए। ‘आन्तरिक परीक्षाको कुराहरु क्याम्पस प्रमुखले नै हेर्ने हो। यदि उजुरी परेको अवस्थामा डिन कार्यालयबाट फलोअप हुन्छ। सामान्य अवस्थामा पनि सम्बन्धित डिन कार्यालयले नै कहाँ के भयो भन्नेबारे अनुगमन गर्ने गर्छ,’ भुसालले नेपाल समयसँग भने। 

प्रकाशित: May 31, 2022| 17:17 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्