काठमाडौं– रेमिटेन्स कम्पनी आईएमईले स्थापनाको २२औँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा देशविदेशमा रहेका सम्पूर्ण सेवाग्राहीहरुलाई लक्षित गरि सेवाग्राहीमूखी ‘हर्षको २२ वर्ष एस२२ मोबाइल नै पर्छ’ योजना सार्वजनिक गरेकोे छ।
योजना अन्तर्गत देश तथा विदेशबाट आईएमई मार्फत पठाइएको रकम नेपालभरी छरिएका एजेन्टरसव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे वालेटमा प्राप्त गर्दा हरेक हप्ता ५ जना विजेता रहने गरी यो योजना अवधि भरी जम्मा २० जना विजेताहरुले स्मार्ट वाच र बम्परमा १ भाग्यशाली विजेताले सामसुङ एस२२ मोबाइल प्राप्त गर्न सक्नेछन्।
यो योजनामा सहभागी भएका सेवाग्राहीहरु मध्य कूल २१ जना विजेताहरू लाभान्वित हुनेछन् भने यसका विजेताहरू सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिने कम्पनीले जनाएको छ।
सेवाग्राहीमूखी उक्त योजना आईएमई ग्रुपको काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा हालै आयोजित एक विशेष कार्यक्रमकावीच सार्वजनिक गरिएको हो।
यो योजना यहि जेठ १५ जेठदेखि १५ असार २०७९ ९२९ जुन देखि २९ जुलाई २०२२० सम्म जम्मा ३० दिनका लागि कायम रहनेछ। यस योजनाको नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू, वेब साइट एवम् संचारका माध्यम मार्फत सार्वजनिक गरिनेछ । योजना अवधिका लागि निर्धारित सेवा वा शर्तहरू लागू गरिने कम्पनीले जनाएको छ।