बुधबार, असार १०, २०८३

बससेवा मार्फत टिकट काट्दा सुनको असर्फी

अनलाइनमार्फत बस टिकट काट्ने सुविधा दिँदै आएको बससेवा डटकमले स्थानीय तहको निर्वाचनलार्ई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाका विजेताले सुनको असर्फी पाएका छन् ।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

काठमाडौं– अनलाइनमार्फत बस टिकट काट्ने सुविधा दिँदै आएको बससेवा डटकमले स्थानीय तहको निर्वाचनलार्ई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाका विजेताले सुनको असर्फी पाएका छन् ।

National life

अनलाइन मार्फत टिकट बुकिङ गर्ने तनहुँका नविन जोशी,बुटवलका विक्रम ज्ञवाली र चितवनका मेघराज खड्काले सुनको असर्फी जित्न सफल भएका हुन् । 

यसैगरि २० जना यात्रुले क्यूएफएक्स मुभि टिकट जित्न सफल भएका छन् भने २७ जना यात्रुले अल्टिमेट वाटर एडभेन्चर्सको नारायणी नदिमा मोटरबोट टिकट प्राप्त गरेका छन् । उपहार विजेताहरु बुधवार गोलाप्रथा मार्फत चयन गरिएको थियो । गोलाप्रथा कार्यक्रमको प्रत्यक्ष प्रसारण बससेवाको फेसबुक पेजमार्फत गरिएको थियो ।   

बससेवाले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित गर्दै विशेष अफर सार्बजनिक गरेको थियो । अफरमा बैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म बससेवा मार्फत टिकट काट्ने यात्रु सहभागी रहेका थिए । बससेवाले आगामी दिनमा पनि यात्रु लक्षित विभिन्न अफर सार्बजनिक गर्दै लैजाने जनाएको छ । 

बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ । बससेवा डटकम, बससेवाको मोबाईल एप्लीकेशन तथा इसेवा, फोनपे, खल्ती, प्रभुपे लगायत नजिकै रहेका साइबर, कम्युनिकेशन तथा मोबाईल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत अनलाइन टिकट काट्न सकिनेछ । 

Shivam cement


प्रकाशित: May 31, 2022| 12:14 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्