नेपालको अग्रणी अनलाइन बजार दराजले प्राउडली नेपाली – प्रमोटिङ नेपाली नामक आफ्नो नयाँ अभियान सुरु गरेको छ ।
कम्पनीका अनुसार विगत र वर्तमान नेपाली बजारमा उच्च गुणस्तरका वस्तु तथा सेवाहरू प्रदान गर्दै आएका नेपाली ब्राण्डहरूलाई हाइलाइट र प्रवर्द्धन गर्ने यस अभियानको मुख्य लक्ष्य रहेको छ।
यसबाहेक यो अभियानले दराजसँग सम्बन्धित स्थानीय ब्रान्ड र बिक्रेताहरूलाई आफ्नो अनलाइन उपस्थिति बढाउन र आधुनिक डिजिटल युगमा सजिलैसँग व्यापार सञ्चालन गर्न प्रत्यक्ष सहयोग गर्ने प्रयास गर्दछ। यो अभियान मार्फत दराजले नेपाली ब्रान्डहरूलाई अनलाइनमा आफ्नो उपस्थिति र भिजिबिलिटी बढाउन र आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्ने आशा राखेको कम्पनीले जानकारी दिएको छ।
प्राउडली नेपाली अभियानले त्यो विश्वासलाई परिवर्तन गर्न र ग्राहकहरूलाई नेपाली ब्रान्डहरूलाई समर्थन गर्न र उनीहरूका वस्तु तथा सेवाहरूको उपभोग गर्न प्रोत्साहन र उत्प्रेरित गर्न खोजेको दराजको भनाइ छ।