बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निर्माण व्यावसायिक गतिविधि पुरानै गतिमा फर्कन थालेपछि व्यापार बढ्यो : प्रबन्धक चुरिवाल

निर्माण व्यावसायिक गतिविधि पुरानै गतिमा फर्कन थालेपछि व्यापार बढ्यो : प्रबन्धक चुरिवाल

कम्पनीका प्रबन्धक चुरिवाल अभिनवले कोभिड महामारीले सुस्ताएको व्यापार महामारीको अन्त्यसँगै पुनः गति लिन थालेको बताएका हुन्।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

काठमाडौं- पाइप तथा फिटिङ्स उत्पादक मंगलम् इन्डस्ट्रिज कम्पनीको व्यावसाय २०६ प्रतिशतले वृद्धि भएको छ। कम्पनीका प्रबन्धक चुरिवाल अभिनवले कोभिड महामारीले सुस्ताएको व्यापार महामारीको अन्त्यसँगै पुनः गति लिन थालेको बताएका हुन्। 

National life

'निर्माण व्यवसाय सम्बन्धि गतिविधीहरु पुरानै लयमा फर्किन थालेपछि हाम्रो विक्री पनि बढेको हो।' उनले भने, 'हाम्रा उत्पादनहरुको गुणस्तरीयता र यिनीहरुप्रति उपभोक्ताको अटुट विश्वास र हाम्रा कर्मचारीहरुको कम्पनीप्रतिको लगाव र परिश्रमले गर्दा यो सब सफल भएको हो।'

मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाईने उनले बताए। 

नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ।

मंगलमको उत्पादनहरु उच्च गुणस्तरीय जापानीज कच्चा पदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइन्छन् र यसका सबै उत्पादनहरू (आईओएस) प्रमाणित छन् भने मंगलम्को सीपीभीसी, पीभीसी र एचडीईपीकासाथ साथै नेपाल गुणस्तर (एनएस) पनि प्रमाणित छन्।

Shivam cement

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार २०२१ मा एक अर्ब ५० लाख रुपियाँको कारोबार गरेको मंगलम् इन्डस्ट्रिजले २०२२ को पहिलो ७ महिनामा ५९ करोड १० लाख रुपैयाँसम्मको कारोबार गर्ने उल्लेख गरेको छ। कम्पनीले २०१८ मा ३७ करोड रुपियाँ र २०१९ मा ५१ करोड रुपियाँको व्यापार गरेको थियो भने २०१९ को तुलनामा २०२० मा कोरोना महामारीका कारण कम्पनीको कारोबार ३६% ले घटेको थियो।

प्रकाशित: May 31, 2022| 11:28 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्