शनिबार, मंसिर ६, २०८२

डेढ दशकपछि रियलमा मार्सेलोको बिदाइ

रियलले परास्त गरेका सबै क्लब उपाधिका मुख्य दावेदारमध्ये थिए। त्यसमध्ये पनि म्यानचेस्टर सिटी र पीएसजीले च्याम्यिन्स लिग जित्नकै लागि टिम निर्माण गरेका थिए। त्यस्ता टिमविरुद्धको जितका साक्षि हुन् मार्सेल्लो।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

काठमाडौं– शनिबार राति स्पेनिस क्लब रियल मड्रिडले १४ औं पटक च्याम्पियन्स लिगका उपाधि जित्यो। ब्राजिलका मिडफिल्डर मार्सेलो बेञ्चमै रहे। रियल मड्रिड पहिलो विदेशी कप्तान पनि हुन मार्सेलो। मड्रिड बसाइमा उनले थुप्रै उपाधिहरु जितेका छन्।

National life

अब उनी रियल मड्रिडको जर्सीमा देखिने छैनन्। कारणको उनको अन्तिम खेल नै च्याम्पियन्स लिगको त्यो फाइनल खेल थियो। क्लबले १४ औं पटक उपाधि जितेपछि उनले भनेका छन्, ‘रियलबाट यो नै मेरो अन्तिम खेल थियो।’ त्यसो तर खेल सकिएसँगै उनी भक्कानिएर रोएका थिए। त्यो रुवाइले उनको विशेष पलको संकेत गरिरहेका हुन्छन्।

चार वर्षअघि वर्ष स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टसमा अनुबन्ध भएसँगै मार्सेलोलाई पनि युभेन्ट्स प्रस्थान गर्ने अनुमान गरिएको थियो। किनकी, रोनाल्डो र मार्सेलो टिम सहकर्मी मात्र नभई एक असल मित्र पनि हुन्।

‘मेरो दिमागमा यो विचार आएन की मैले युभेन्ट्स जानु पर्छ भनेर। म सधै रियल र रियलबासीसँग जोडिएको छु।’, मार्सेलोले त्यतिबेला आफ्नो यात्राबारे भनेका थिए, ‘यो वर्ष मलाई समर्थकहरुले प्रायः इटालियन क्लबसँग जोडेका थिए। तर, त्यो मात्र अफवाह थियो। सत्य भने रियल प्रतिको मेरो माया हो। यो मेरो घर हो र रियल विश्वकै उत्कृष्ट क्लब हो।’

‘जब तपाई रियलसँग सम्झौता गर्नुहुन्छ। तब तपाई सोच्नु हुन्छ की अब क्बल फुटबलका सबै उपाधि जित्न सक्छु’, मार्सेलोले भनेका थिए, ‘यि वर्षहरुमा रियलले युरोपमा जुन रेकर्ड बनाएको छ, त्यो आश्चर्य चकित पार्ने खालका छन्। हामीले जे जित्यौं त्यो रियलको महानताको परिणाम हो।’

Laxmi sunrise bank
kumari

उनले भन्दै आएका छन् रियलको यात्राले आफूहरुलाई अन्य क्लब भन्दा पृथक बनाएको छ। त्यसो त यो पर्ष पनि रिलले केहि जादू नै गर्यो। रियलले युरोपकै ठूलो प्रतिस्पर्धिलाई पछारेर उपाधि जितेको हो। चाहे चेल्सी होस् वा पीएजसी, म्यानचेस्टर सिटी होस् वा लिभरपुल रियललाई जित निकाल्न धेरै कठिन थियो।

रियलले परास्त गरेका सबै क्लब उपाधिका मुख्य दावेदारमध्ये थिए। त्यसमध्ये पनि म्यानचेस्टर सिटी र पीएसजीले च्याम्यिन्स लिग जित्नकै लागि टिम निर्माण गरेका थिए। त्यस्ता टिमविरुद्धको जितका साक्षि हुन् मार्सेल्लो।

त्यसो त उनी धेरै क्लबमा गएनन्। ब्राजिलको फ्लुमिनिन्स क्लबमा पहिले प्रशिक्षण थालेका उनी केहि समयमै रियल प्रवेश गरेका थिए। उनले सन् २००२ देखि २००५ सम्म फ्लुमिनिन्स क्लबको युवा टिममा थिए। त्यसपछि उनले २००६ मा ब्राजिलको ओलम्पिक टिममा डेब्यू गरे। डेब्यूसँगै उनले सन् २००८ को ओलम्पिकमा गोल्ड मेडल पनि जिते।

त्यो डेब्यू प्रतियोगितापछि त हो उनको यात्रा दक्षिण अमेरिकाबाट युरोपतिर मोडिएको। त्यो समयबाटै उनी लेफ्ट ब्याकमा खेल्ने खेलाडीहरुमध्ये सबैको नजरमा पर्दै आएका थिए। सन् २००६ देरि रियलको टिम एबाट खेलिरहेका उनले क्लबको इतिहासमा एक उत्कृष्ट खेलाडीको रुपमा बाहिरिने भए। उनले आफ्नो समयमा २५ उपाधि जिते।

‘म धेरै खुसी र समर्थकका लागि कृतज्ञ हुँदै बर्नाबेउमा विताएका म्याजिकल रातबाट विदा लिँदैछु,’ उनले च्याम्पियन्स लिगको फाइनलपछि भनेका छन्। उनले क्लब छोड्दै गर्दा भनेका छन्, ‘यो धेरै नै विशेष समय हो कि जब तपाईँ टिमको कप्तान हुनुहुन्छ र उपाधि जितिरहनु भएको छ। त्यस्तै, म रियल मड्रिडबाट च्याम्पियन्स जित्ने पहिलो ब्राजिलियन कप्तानसमेत भएको छु,’ उनले भने। उनले रियल छोडे पनि उनले आफ्नो फुटबल केरियर भने अन्त्य गरिसकेका छैनन। त्यसो त उनी रियलबाटै आफ्नो फुटबल जीवन सक्ने योजनामा थिए। तर अहिले त्यस्तो देखिँदैन।

‘यो भावुक पद निकै पीडादायी छ। यो मेरो रियलसँगको अन्तिम खेल पनि हो। तर म खुसी छु कि यो दुःखको दिन पक्कै पनि होइन। म या ठाउँ खुसीखुसी छोडिरहेको छु।’ उनले रियल मड्रिडको १६ वर्षे बसाइमा ५ च्याम्पियन्स लिग जितेका छन्। त्यस्तै, ३ सुपर कप, दुई कोपा डेल रे र पाँच स्पेनिस सुपर कप जितेका छन्। त्यस्तै, उनले चारपटक क्लब विश्वकप पनि जितेका छन्।

प्रकाशित: May 31, 2022| 08:45 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।