बुधबार, असार १०, २०८३

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ७७ पैसा र बिक्री दर १२४ रुपैयाँ ३७ पैसा कायम गरेको छ।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ७७ पैसा र बिक्री दर १२४ रुपैयाँ ३७ पैसा कायम गरेको छ। 

National life

युरो एकको खरिद दर १३३ रुपैयाँ ३० पैसा र बिक्री दर १३३ रुपैयाँ ९५ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५६ रुपैयाँ ५२ पैसा र बिक्री दर १५७ रुपैयाँ २८ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ०१ पैसा र बिक्री दर १२९ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८५ पैसा र बिक्री दर ८९ रुपैयाँ २९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ७२ पैसा र बिक्री दर ९ रुपैयाँ ७६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५८ पैसा र बिक्री दर १८ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ र बिक्री दर ३३ रुपैयाँ १६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ८२ पैसा र बिक्री दर ३३ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

Shivam cement

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४८ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०१ पैसा र बिक्री दर १० रुपैयाँ ०६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।   -यस्तो छ आजको विनिमय दर

प्रकाशित: May 31, 2022| 06:48 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्