आइतबार, असोज ११, २०८३

किमाथांका-खाँदबारी सडकखण्ड पुनःसञ्चालनमा

उत्तर दक्षिण सडक खण्डअन्तर्गतको किमाथांका–खाँदबारी सडक अन्तर्गतको मकालु गाउँपालिका–३ सम्माटारको सुक्खा पहिरो हटाएपछि भोटखोला जाने सडक पुनः सञ्चालन भएको हो।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

संखुवासभा- संखुवासभाको उत्तरी क्षेत्र भोटखोला सडकखण्ड एक महिनापछि पुनः सञ्चालनमा आएको छ। उत्तर दक्षिण सडक खण्डअन्तर्गतको किमाथांका–खाँदबारी सडक अन्तर्गतको मकालु गाउँपालिका–३ सम्माटारको सुक्खा पहिरो हटाएपछि भोटखोला जाने सडक पुनः सञ्चालन भएको हो।  

मकालु–३ सम्माटारको सुक्खा पहिरो हटाएपछि आइतबारदेखि सडक सञ्चालन भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए। सुक्खा पहिराले भोटखोला जाने सडक खण्ड एक महिनादेखि अवरुद्ध भएको थियो। पहिराले बन्द भएको सडक भोटखोला गाउँपालिकाको आग्रहमा स्वामी नारायण कन्स्ट्रक्शन निर्माण सेवा प्रालिले हटाएको हो।  पहिरो हटाएपछि सोमबारदेखि यातायात सञ्चालन भएको छ ।  

मकालु–३ सम्माटार सडक खण्डमा सुक्खा खस्दा भोटखोला जाने र आउने यात्रुले सास्ती पाएका थिए। सुक्खा पहिराका कारण बेलाबेला उक्त सडक खण्ड अवरुद्ध हुने गरेको छ। लामो समयसम्म बाटो अवरुद्ध हुँदा भोटखोलाका स्थानीयलाई आवतजावतमा समस्या परेको थियो।  दैनिक उपभोग्य सामग्री भरियाले बोकेर भोटखोला पुर्‍याउनु पर्दा महँगी बढेको थियो।  

प्रकाशित: May 30, 2022| 22:10 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्