मंगलबार, फागुन १९, २०८२

बी डिभिजनमा बढुवा भयो झापा फुटबल क्लब

पूर्वी नेपालको झापा फुटबल क्लब सहिद स्मारक बी डिभिजन लिगमा बढुवा भएको छ।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं– पूर्वी नेपालको झापा फुटबल क्लब सहिद स्मारक बी डिभिजन लिगमा बढुवा भएको छ। नेपाली फुटबल लिग पिरामिडअनुसार सी डिभिजन लिगको शीर्षस्थानमा रहँदै झापा फुटबल क्लबले बी डिभिजनको यात्रा तय गरेको हो।

सी डिभिजनको जारी लिगमा झापा एफसी १२ खेलबाट १० जितका साथ ३१ अंक बनाएर लिगको शीर्षस्थानमा छ। कुनै पनि क्लबलाई सी डिभिजनबाट बढुवा हुनका लागि अंक तलिकाको शीर्ष दुईमा पर्नुपर्ने लिगको नियम छ। त्यसमा झापा फुटबल क्लब लिग सकिँदा तेस्रो स्थानको टिमभन्दा माथि रहने भएकाले उसले बी डिभिजनको यात्रा तय गरेको हो।

अहिले २८ अंंक भएका प्लानिङ बोइज र आरसी ३२ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। यि दुई टिमभन्दा झापा ११ तीन अंकले अघि रहेको छ। र, झापाले यसअघि नै आरसी ३२ लाई हराइसकेको छ। अन्तिम खेलमा उसले हार बेहोरेको अवस्थामा पनि हेड टू हेडका आधारमा झापा क्लब आरसी ३२ भन्दा अघि नै रहने भएकाले उसले बी डिभिजनको यात्रा तय गरेको हो।

एन्फा कम्लेक्समा आज सम्पन्न खेलमा झापाले विरगन्ज युवा क्लबलाई ५–० ले हराएसँगै ऊ बढुवा भएको हो। आजको खलमा पुजन राईले ह्याट्रिकसहित चार गोल गरे भने सन्तोष लावतिले एक गोल गरे।

यता आजको पराजयसँगै विरगञ्ज युवा एकेडेमी भने सी डिभिजन छानेट खेल्ने अवस्थामा पुगेको छ। उसले अब नेपाली लिग खेल्नका लागि सी डिभिजनको छनोट खेल खेल्नुनर्पे छ।

kumari

यता ओएसीस युवा क्लब पनि सी डिभिजन छनोट खेल्ने अवस्थामा पुगेको छ। वीरगन्जले १२ खेलबाट ५ अंक बनाएको छ भने ओएसीसले १२ खेलबाट चार अंक बनाएको छ।

अब सी डिभिजन लिगको अन्तिम चरणका खेल मात्र बाँकी रहेका छन्। अन्तिम चरणको खेल तालिका आज सार्वजनिक भएको छ। अन्तिम खेलमा झापा ११ ले १२ औं स्थानको स्वयम्भूसँग खेल्नेछ। यता बी डिभिजनबाट बढुवा हुने अर्को क्लबको भने अन्तिम राउन्डको खेलपछि मात्र टुंगो लाग्ने भएको छ।

प्रकाशित: May 30, 2022| 16:24 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।