आइतबार, असोज ११, २०८३

बजेटको भोलिपल्ट सेयर बजारमा पहिरो

सरकारले आगामी आर्थिक वर्ष २०७९–९८० को बजेट संसद्मा प्रस्तुत गरेको भोलिपल्ट आज (सोमबार) सेयर बजार परिसूचक उच्च अंकले घटेको छ।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७९–९८० को बजेट संसद्मा प्रस्तुत गरेको भोलिपल्ट आज (सोमबार) सेयर बजार परिसूचक उच्च अंकले घटेको छ। केही समययता घट्दो क्रममा रहेको सेयर बजारमा बजेटको प्रभाव नदेखिएको हो। 

साताको पहिलो कारोबार दिन आज नेप्से ४५.०९ अंकले घटेको छ। २.०३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २१७८.६९ अंकमा ओर्लिएको छ। 

आज २२७ कम्पनीका ३४ लाख ५६ हजार ५ सय २९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार २ सय ८२ रुपैयाँबराबरको कारोबार भएको छ। आज सबै समूह राताम्मे भएको छ। सबैभन्दा बढी जीवन बिमा समूह ३०६.६९ अंकले घटेको छ।

बलेफी हाइड्रोको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ। उक्त कम्पनीको सेयर ९.९९ प्रतिशतले बढेको हो। त्यसैगरी एक वर्षभन्दा बढी समय रोकिएर आजदेखि कारोबार खुला भएको नेपाल इन्भेष्टमेण्ट बैंकको सेयर मूल्यमा आज नेगेटिभ सर्किट लागेको छ। बैंकका सेयरधनीले आज ९.९९ प्रतिशतले घाटा व्यहोरेका छन्।

प्रकाशित: May 30, 2022| 16:17 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्