शनिबार, मंसिर ६, २०८२

आईपीएलको उपाधि गुजरात टाइटन्सलाई

शनिबार राति सम्पन्न फाइनल खेलमा जित निकाल्दै पहिलो पटक गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं- शनिबार राति सम्पन्न फाइनल खेलमा जित निकाल्दै पहिलो पटक गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ।

National life

अहमदाबादको नरेन्द्र मोदी रंगालामा सम्पन्न फाइनल खेलमा राजस्थान रोयल्सलाई सात विकेटले हराउँदै गुजरातले उपाधि जितेको हो।

गुजरातका लागि हार्दिक पाण्ड्याले सानदार प्रदर्शन गरे। पहिलो पारीमा चार ओभर बलिङ गर्दै १७ रन खर्चिएर तीन विकेट गिराएका पाण्ड्याले  दोस्रो पारीमा पनि उत्कृष्ट खेले। उनले ३० बलमा ३४ रनको योगदान दिए। त्यस्तै, उनले २३ रन बनाउँदै दुई विकेट गुमाइसकेको अवस्थाबाट टिमको स्कोर ८६ रनसम्म पुर्‍याइ जिततर्फ धकेलेका थिए।

पाण्ड्या आउट भएपछि डेविल मिल्न र सुभमन गिल अविजित रहँदै निर्धारित लक्ष्य पुरा गरेका थिए। खेलमा टस जितेर ब्याटिङ रोजेको राजस्थानले पुरा ओभर खेल्दै नौ विकेट गुमाएर १३० रन बनाएको थियो। यससँगै गुजरातले १३१ रनको लक्ष्य पायो।

जवाफमा १८ ओभर एक बल खेल्दै गुजरातले निर्धारित लक्ष्य १३३ रन बनाएर भेट्टाएको हो।

Laxmi sunrise bank
kumari

राजस्थानका लागि यसस्वी जैसवालले २२ रन बनाए भने जस बटलरले ३९ रनको योगदान दिए। त्यस्तै, सन्जु समसनले १४ रन र रियान परागले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायका प्रदर्शन गरेनन्।

हार्दिकबाहेक गुजरातका रविश्रिनिवासन साई किशोरले दुई विकेट गिराए। जवाफमा सुभनम गिलले ४५ र मिलरले ३२ रनको योगदान नदिएका थिए। ओपनिङमा आएका रिद्धिमान साहले भने ५ रन मात्र बनाउन सके।

गुजरातलाई लक्ष्य पुरा गर्न नदिन राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्ण र युजवेन्द्र चहलले समान १,१ विकेट गिराए पनि हार टार्न सकेनन्।

गुजरात टाइटन्स आईपीएलमा यसै वर्ष डेब्यू गरेको टिम हो। उसले पहिलो सिजनमै उपाधि जितेको छ।

प्रकाशित: May 30, 2022| 09:00 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।