आइतबार, असोज ११, २०८३

मदिरा र तासको करमा वृद्धि, इन्टरनेटको कर भने घट्यो

मदिरा उत्पादनमा प्रयोग हुने स्पिरिटको कर बढाएपछि मदिराजन्य उत्पादन महंगो हुने भएको छ।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं- मदिरा उत्पादनमा प्रयोग हुने स्पिरिटको कर बढाएपछि मदिराजन्य उत्पादन महंगो हुने भएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै मदिरामा प्रयोग हुने स्पिरिटको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कर बढाएको छ। तर ७० युपीभन्दा माथिको मदिरामा भने कर बढाएको छैन। 

त्यस्तै जौबाट बनेको बियरमा पनि प्रतिलिटर कर २२८ रुपैयाँ पुर्‍याएको छ। जुन चालु आर्थिक वर्षमा जम्मा १९८ प्रतिलिटर कर छ।  सरकारले इनर्जी ड्रिङ्सको कर पनि बढाएर प्रतिलिटर ५० रुपैयाँ पुर्‍याएको छ। जुन प्रतिलिटर ३६ रुपैयाँ छ। सरकारले बढाएको कर भने आइतबार राती देखि नै लागु हुनेछ। 

त्यस्तै सरकारले तासको कर दोब्बरले बढाएको छ।  यसअघि तासमा प्रति प्याकेट ५ प्रतिशत कर लाग्दै आएकोमा अव भने १० प्रतिशत लाग्ने भएको। नेपालमा तासको आयात वार्षिक १३ करोडको हाराहारीमा हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ। 

तर सरकारले सरकारले इन्टरनेट र दूरसञ्चार सेवामा पनि कर घटाएको छ। दूरसञ्चार सेवा दस्तुरबापत यसअघि १३ प्रतिशत लिँदै आएको कर ३ रुपैयाँले घटाएर १० प्रतिशत कायम गरेको छ।

प्रकाशित: May 30, 2022| 06:28 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्