आइतबार, असोज ११, २०८३

मदिरा र तासको करमा बृद्धि तर इन्टरनेटमा कर घट्यो

त्यस्तै जौबाट बनेको वियरमा पनि प्रतिलिटर कर २२८ रुपैयाँ पुर्याएको छ। जुन चालु आर्थिक बर्षमा जम्मा १९८ प्रतिलिटर कर छ। सरकारले इनर्जी ड्रिङ्सको कर पनि बढाएर प्रतिलिटर ५० रुपैयाँ पुर्याएको छ। जुन प्रतिलिटर ३६ रुपैयाँ छ।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं-  मदिरा उत्पादनमा प्रयोग हुने स्पिरिटको कर बढाएपछि मदिराजन्य उत्पादन महंगो हुने भएको छ। सरकारले आगामी आर्थिक बर्षको बजेट संसदमा प्रस्तुत गर्दै मदिारामा प्रयोग हुने स्पिरिटको मुल्यमा प्रतिलिटर १० रुपैयाँ कर बढाएको छ। तर ७० युपीभन्दा माथिको मदिरामा भने कर बढाएको छैन। 

त्यस्तै जौबाट बनेको वियरमा पनि प्रतिलिटर कर २२८ रुपैयाँ पुर्याएको छ। जुन चालु आर्थिक बर्षमा जम्मा १९८ प्रतिलिटर कर छ।  सरकारले इनर्जी ड्रिङ्सको कर पनि बढाएर प्रतिलिटर ५० रुपैयाँ पुर्याएको छ। जुन प्रतिलिटर ३६ रुपैयाँ छ। 

सरकारले बढाएको कर भने आइतबार राती देखि नै लागु हुनेछ। 

त्यस्तै सरकारले तासको कर दोव्वरले बढाएको छ।  यसअघि तासमा प्रति प्याकेट ५ प्रतिशत कर लाग्दै आएकोमा अव भने १० प्रतिशत लाग्ने भएको। नेपालमा तासको आयात बार्षिक १३ करोडको हाराहारीमा हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ।  

तर सरकारले सरकारले इन्टरनेट र दूरसंचार सेवामा पनि कर घटाएको छ। दूरसंचार सेवा दस्तुरवापत यसअघि १३ प्रतिशत लिँदै आएको कर ३ रुपैयाँले घटाएर १० प्रतिशत कायम गरेको छ। 

प्रकाशित: May 30, 2022| 07:01 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्