आइतबार, असोज ११, २०८३

हवाई पूर्वाधार विकासमा १२ अर्ब २४ करोड विनियोजन

सरकारले हवाई पूर्वाधार विकासको लागि १२ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष २०७९/८० को बजेट संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- सरकारले हवाई पूर्वाधार विकासको लागि १२ अर्ब  २४ करोड बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष २०७९/८० को बजेट संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। 

साथै निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि ढाँचा निर्माण गरी लगानी बोर्ड नेपाल आयोयजना विकास कार्य अगाडि बढाइने उनले बताए। 

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउने शर्माले उद्घोष गरे।

यता सञ्चालमा नै रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको चापलाई व्यवस्थित गर्न ट्याक्सी बाटो थप र दोस्रो टर्मिनल भवन निर्माण गरिने भएको छ। दोस्रो टर्मिनल भवनको लागि २ अर्ब २० करोड विनियोजन गरिएको शर्माले बताए। हवाई तथा यात्रु चापको विश्लेषण्को आधारमा गौतमबुद्धमा विमानस्थलमा पनि दोस्रो  टर्मिनल  भवन निर्माण कार्य अगाडी बढाइने छ। 

धनगढी विमानस्थललाई स्तरोन्नत्ती गरि क्षेत्रीय  विमान स्थलको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिने बताए। सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्माणको कार्य अगाडि बढाइने बताए। नेपाल नागरिक उड्ययनको पुनर्संरचना गरी सेवा प्रवाह प्रदायक र नियमकको रुपमा छुट्टाछुट्टै निकाय  स्थापना गरिने शर्माले उद्घोष गरेका छन्।  

आन्तरिक हवाई सेवाको गुणस्तर अभिवृद्धि गर्न र पहुँच विस्तार गर्न डडेलधुरा, बाग्लुङको वलेवा,  दाङ, गरिगाउँ, टीकापुरलगायतका विमानस्थलको स्तरउन्नोती  गरिने शर्माले बताए। साथै शर्माका अनुसार उदयपुर विमानस्थलको निर्माण कार्य प्रारम्भ गरिनेछ।

प्रकाशित: May 29, 2022| 22:02 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्