आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सवारी उत्पादक तथा एसेम्बलकर्तालाई आयकर, अन्त:शुल्क र भन्सार महसुलमा विषेश छुट

सवारी उत्पादक तथा एसेम्बलकर्तालाई आयकर, अन्त:शुल्क र भन्सार महसुलमा विषेश छुट

उत्पादन तथा उद्योग सञ्चालन गर्न चाहिने कच्चा पदार्थ तथा पाटपूर्जा आयातमा ५० प्रतिशत अन्तशुल्क र भन्सार महसुलमा समेत २५ प्रतिशत छुट दिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। अन्तशुल्क छुट उद्योग विभागको सिफारिसमा दिइने छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- सरकाले चारपांग्रे सवारी साधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उद्योग स्थापना गरे सुरुका ५ वर्षसम्म आयकरमा ४० प्रतिशत छुट दिने व्यवस्था गरेको छ। आगामी आवका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो उल्लेख गरेका हुन्। 

उत्पादन तथा उद्योग सञ्चालन गर्न चाहिने कच्चा पदार्थ तथा पाटपूर्जा आयातमा ५० प्रतिशत अन्तशुल्क र भन्सार महसुलमा समेत २५ प्रतिशत छुट दिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। अन्तशुल्क छुट उद्योग विभागको सिफारिसमा दिइने छ। 

विद्युतीय रिक्सा, मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने उद्योगलाई आवश्यक कच्चा पदार्थ तथा पाटपुर्जाको आयातमा १ प्रतिशत मात्रै भन्सार महशुल लाग्ने व्यावस्था गरिएको छ। 

यता चार पांग्रे सवारी साधन गरिद गर्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरेको हो।

प्रकाशित: May 29, 2022| 19:36 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्