काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि आयकरको स्ल्याब परिवर्तन गरेको छ।
अब वार्षिक ५ लाख रुपैयाँ कमाउने अविवाहित व्यक्तिले १ प्रतिशत मात्र तिर्नुपर्ने गरी व्यवस्था गरिएको अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमा समावेश गरेका छन्। ४ लाख रुपैयाँसम्मको आम्दानीमा अविवाहितलाई १ प्रतिशत आम्दानी कर लगाउने व्यवस्था यो वर्षको असार मसान्तसम्म लागू छ।
विवाहितका हकमा भने ६ लाखसम्मको वार्षिक आम्दानीमा १ प्रतिशत कर लाग्ने भएको छ। यसअघि साढे ४ लाखसम्मको वार्षिक आम्दानीमा मात्र १ प्रतिशत कर लाग्ने व्यवस्था थियो।
निर्धारित सीमाभन्दा बढी आम्दानी गरेको खण्डमा १० प्रतिशत कर लाग्नेछ।