आइतबार, असोज ११, २०८३

घट्यो खेलकुद बजेट, प्राथमिकतामा क्रिकेट

अर्थमन्त्री जनार्दन शर्मा संसदमा प्रस्तुत गरेको बजेटमा खेलकुद पूर्वाधार विकास लागि ८७ करोड विनियोजन गरिएको छ। यसमा मूलपानी, कीर्तिपुर, कोहलपुर र फाप्लाको क्रिकेट मैदानमा ठाउँ पाएका छन्।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं-  अर्थमन्त्री जनार्दन शर्माले दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटअनुसार खेलकुद क्षेत्रका लागि २ अर्ब ४६ करोड विनियोजन भएको हो। गत वर्ष २ अर्ब ७४ करोड बजेट विनियोजन भएकोमा यस वर्ष २८ करोड खेलकुद बजेट कम भएको हो। 

अर्थमन्त्री जनार्दन शर्मा संसदमा प्रस्तुत गरेको बजेटमा खेलकुद पूर्वाधार विकास लागि ८७ करोड विनियोजन गरिएको छ। यसमा मूलपानी, कीर्तिपुर, कोहलपुर र फाप्लाको क्रिकेट मैदानमा ठाउँ पाएका छन्।

‘साहसिक र पर्वतीय पूर्वाधार निर्माण र प्रोत्साहित गरिने छ,’ अर्थमन्त्री शर्माले भने। काठमाडौंको मूलपानी क्रिकेट रंगशालाको निर्माण कार्य आगामी आर्थिक वर्ष सम्पन्न गर्ने सरकारको लक्ष्य छ। त्यस्तै, कीर्तिपुरको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रात्रिकालिन खेल खेल्न सकिनेगरि स्तरोन्नति गर्नका लागि बजेटको व्यवस्था भएको छ। अब कीर्तिपुर मैदानमा फ्लड लाइट जोडिने भएको छ।

चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको अधुरो निर्माण कार्य पूरा गर्न आवश्यक व्यवस्था मिलाइने बजेटमा उल्लेख छ। त्यस्तै, नवौं राष्ट्रिय खेलकुदका लागि रकम पनि विनियोजन भएको छ भने दशौंको खेलकुदको लागि आवश्यक पूर्वाधार गरिने भएको छ।

केही वर्षदेखि बजेटमा समावेश हुँदै आएको एक स्थानिय तह एक खेलग्रामले निरन्तरता पाएको छ। बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी तथा रंगशाला निर्माणकालागि आवश्यक बजेट विनियोजन भएको छ।

‘धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको क्रिकेट रंगशाला तथा खेलग्रामको निर्माण गरिने छ। खेलकुद पूर्वाधारमा ८७ करोड विनियोजन भएको छ,’ अर्थमन्त्री शर्माले भनेका छन्, ‘खेल पूर्वाधारका लागि २० वर्षको गुरुयोजना बनाएर कार्यन्वयनमा ल्याइने छ। त्यस्तै खेल विश्वविद्यालय खोल्न पनि प्रोत्साहन हुने भएको छ भने विदेशी क्लबलाई नेपालमा फ्रेन्चाइज लिग आयोजना गर्न अनुकुल वातावरण निर्माण गरिने भएको छ।’

अब, खेलकुद संघको संस्थागत क्षमता वृद्धि गरि खेलकुदको आयोजनामा खेल संघको भूमिकालाई प्रभावकारी बनाइने बजेटमा उल्लेख छ।

खेलाडी र प्रशिक्षकको क्षमता विकासका लागि कार्यक्रम संचालन हुनेछ भने खेलाडीलाई प्रोत्साहन गर्न कार्यक्रमले निरन्तरता पाएको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी र प्रशिक्षकलाई बीमा गरिने भएको छ। यता, खेल संघलाई दिएको अनुदानमा वृद्धि भएको छ। 

राष्ट्रिय खेलकुद परिषद्का लागि २ अर्ब ९ करोड विनियोजन भएको मन्त्री शर्माले बताएका छन्।

‘एसियाली र ओलम्पिकमा पदक पाउनेलाई आजीवन मासिक जिवृत्तीको व्यवस्था मिलाइने छ। युवा तथा खेलकुद मन्त्रालयाका लागि २ अर्ब ४६ करोड विनियोजन भएको छ,’ बजेटमा उल्लेख छ। गत वर्ष खेलकुदमा दुई अर्ब ७४ करोड थियो। यो वर्ष खेलकुदमा बजेट घटेको छ।

प्रकाशित: May 29, 2022| 19:03 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्