आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्रिय बिमा नीति र विपत बिमा रणनीति कार्यन्वयनमा ल्याइने

राष्ट्रिय बिमा नीति र विपत बिमा रणनीति कार्यन्वयनमा ल्याइने

नीतिअन्तर्गत रहेर बिमा सूचना केन्द्र स्थापना गर्नुका साथै बिमा कलेज स्थापनाको लागि समेत प्रोत्साहन गरिने बजेटमा उल्लेख छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षदेखि राष्ट्रिय बिमा नीति र विपत् बिमा रणनीति कार्यन्वयनमा ल्याउने घोषणा गरेको छ। नीतिअन्तर्गत रहेर बिमा सूचना केन्द्र स्थापना गर्नुका साथै बिमा कलेज स्थापनाको लागि समेत प्रोत्साहन गरिने बजेटमा उल्लेख छ। 

एक परिवार एक बिमा अवधारणा साकार पार्न आवश्यक कार्यक्रम सञ्चालन गरी स्थानीय तहसम्म बिमाको पहुँच विस्तार गरिने छ। 

साथै बिमा कम्पनीले आफ्नो लगानीको निश्चित प्रतिशत पूर्वाधार आयोजनामा लगानीको व्यवस्था गरिने भएको छ। 

बिमा महाविपत्ति बन्ड जारी गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरिने छ। बिमा व्यावासायीहरुलाई सामाजिक संरक्षणको एक महत्वपूर्ण आधारको रुपमा विकास गर्नका लागि गरिब विपन्न तथा कृषि क्षेत्रलाई समट्ने गरी लघुविमा कम्पनीको स्थापना गरिने बजेटमा उल्लेख छ।

प्रकाशित: May 29, 2022| 18:40 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्