बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बजेट : सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने

बजेट : सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने

'साइबर सुरक्षाको सुनिश्चितता, २१औँ शताब्दीको आवश्यकता' को अवधारणा अनुसार राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिने उनले जानकारी दिए।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- सरकारले साइबर सुरक्षाको सुनिश्चितता गर्न राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आज बजेट भाषणमार्फत सो घोषणा गरेका हुन्।

National life

'साइबर सुरक्षाको सुनिश्चितता, २१औँ शताब्दीको आवश्यकता' को अवधारणा अनुसार राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिने उनले जानकारी दिए।

उक्त केन्द्रलाई साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवर्द्धन र डिजिटल फरेन्सिक अनुसन्धान सम्बन्धी अधिकार प्राप्त निकायको रुपमा विकास गरिने अर्थमन्त्री शर्माको भनाइ छ।

अर्थमन्त्रीले इन्टरनेट शुल्क घटाएर यसलाई सर्वसुलभ बनाउने पनि बताएका छन्। नेपाल सरकारद्वारा विद्युतीय प्रणालीको साइबर सुरक्षा परीक्षण गर्ने व्यवस्था मिलाइने पनि उनले जानकारी दिए।

प्रकाशित: May 29, 2022| 18:26 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्