आइतबार, असोज ११, २०८३

वैदेशिक लागानीको न्यूनतम सीमा २ करोड

हाल पाँच करोडभन्दामाथिको वैदेशिक लगानीलाई मात्र सरकारले स्बीकृति दिने व्यवस्था छ। जसका कारण बैदेशिक लगानी कम आएको भन्दै विभिन्न निकायहरुले सो सिमा घटाउन आग्रह गर्दै आएका थिए।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- सरकारले विदेशी लगानीको न्युनतम सिमा ६० प्रतिशतले घटाएको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले संघिय संसदमा आगामी बर्षको लागि बजेट प्रस्तुत गर्दै २ करोड रुपैयाँभन्दा माथिका वैदेशिक लगानी नेपालमा भित्रन सक्ने व्यवस्था गरेको जानकारी दिए। 

हाल पाँच करोडभन्दामाथिको वैदेशिक लगानीलाई मात्र सरकारले स्वीकृति दिने व्यवस्था छ। जसका कारण बैदेशिक लगानी कम आएको भन्दै विभिन्न निकायहरुले सो सिमा घटाउन आग्रह गर्दै आएका थिए। 

डलरको संचितिमा कमी भएपनि वैदेशिक लगानीका लागि लगाउदै आएको सीमा कम गर्दा वैदेशिक लगानी बढ्ने र डलरमा देखिएको समस्यामा कमी आउने अर्थशास्त्रीहरुले बताउँदै आएका थिए। 

अर्थमन्त्री जनार्दन शर्माले १० करोड रुपैयाँ सम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था समेत मिलाएको जानकारी दिए।

उनका अनुसार ठूला लगानीकर्ताले प्रत्यक्ष लगानीको स्वीकृतिको माग गरेमा पूर्व तयारीका काम सम्पन्न गर्ने गरी ७ दिन भित्र प्रारम्भिक स्वीकृति दिइने व्यवस्था पनि गरिएको छ। जसले बैदेशिक लगानीकर्ताहरु सहजता उपलव्ध हुने सरकारको दावी छ। 

लगानी स्वीकृति र उद्योग संचालन सम्बन्धी बाँकी प्रक्रिया ६ महिनामा पुरा गर्ने व्यवस्था मिलाइएको पनि अर्थमन्त्री शर्माले घोषणा गरे।

प्रकाशित: May 29, 2022| 18:07 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्