आइतबार, असोज ११, २०८३

पूर्वाधारका ठूला आयोजना सञ्चालन गर्न हरित ऋणपत्र

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदको दुवै सदनमा बजेट प्रस्तुत गर्दै पूर्वाधार निर्माणका लागि आवश्यक स्रोत जुटाउनका लागि सो ऋणपत्र जारीगर्ने बताएका हुन्।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- सरकारले ठूला पूर्वाधार निर्माणका लागि रकम जुटाउनका लागि हरित ऋणपत्र जारी गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदको दुवै सदनमा बजेट प्रस्तुत गर्दै पूर्वाधार निर्माणका लागि आवश्यक स्रोत जुटाउनका लागि सो ऋणपत्र जारीगर्ने बताएका हुन्। 

ठूला पूर्वाधार निर्माणका लागि स्रोतमा समस्या नहोस् भन्दै सरकारले सो ऋणपत्र जारी गर्न लागेको हो। त्यस्तै सरकारले सडक पूर्वाधारलाई आर्थिक सामाजिक परिवर्तनका लागि सडक सञ्जालको विस्तार गर्न लागेको जनाएको छ। 

जु्म्लादेखि लिमीसम्मका नयाँ प्रविधिमा आधारित राजमार्ग निर्माणको लागि निजी क्षेत्रलाई आग्रह गरिने बजेट वक्तव्यमा उल्लेख छ। सम्भाव्यताको विश्लेषण गरी आवश्यकता भएमा न्युन परिपूर्ति रकम उपलब्ध गराइने पनि बजेटमा उल्लेख गरिएको छ।

प्रकाशित: May 29, 2022| 18:04 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्