आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • साउनभित्रै सिंहदरबारबाट सिलिन्डर विस्थापन, 'एलपी ग्यास छोडौं, बिजुली जोडौँ' नारा

साउनभित्रै सिंहदरबारबाट सिलिन्डर विस्थापन, 'एलपी ग्यास छोडौं, बिजुली जोडौँ' नारा

बायो ग्यास, विद्युतीय चुलो, सुधारिएको चुलोलगायतका आधुनिक चुलो १ लाख घरपारिवारको पहुँचमा पुर्‍याइने बताइएको छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट मार्फत एलपी ग्यास प्रयोगलाई निरुत्साहन गर्नका लागि 'एलपी ग्यास छोडौं बिजुली जोड्यौं' भन्ने नारा अगाडी बढाएका छन्।

बायो ग्यास, विद्युतीय चुलो, सुधारिएको चुलोलगायतका आधुनिक चुलो १ लाख घरपारिवारको पहुँचमा पुर्‍याइने बताइएको छ।

एलपी ग्यासमा दिदै आएको अनुदान क्रमस कटौति गरी विद्युतमा सहुलियत प्रदान गरिने अर्थमन्त्रीले बजेटमा उल्लेख गरेका छन्।

सिंहदरबारबाट आगामी साउन महिनाभित्रमा ग्यास सिलिन्डर विस्थापन गरिने बताइएको छ।

आगामी ३ महिनाभित्र काठमाडौं महानगरपालिका सबै सरकारी कार्यालयमा समेत एलपी ग्यास विस्थापन गरिने बजेटमा व्यवस्था गरिएको छ।

प्रकाशित: May 29, 2022| 18:00 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्