आइतबार, असोज ११, २०८३

रेल र मेट्रोरेल निर्माण गर्न ६ अर्ब ५३ करोड विनियोजन

अर्थमन्त्री जनार्दन शर्माले रेल तथा मेट्रो रेल निर्माणका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले रेल तथा मेट्रो रेल निर्माणका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्।

पूर्व-पश्चिम रेलमार्गको बर्दिवास-निजगढ खण्ड निर्माणका लागि बजेट विनियोजन गरिएको छ।

वीरगंञ्ज काठमाडौं रेलमार्ग तथा काठमाडौं मेट्रो रेल निर्माणको संभावना अध्ययनका विस्तृत अध्ययन प्रतिवेदनका लागि बजेट विनियोजन गरिएको छ। विराटनगर धरान, पथलैया, भैरहवा, बुटवल र पोखरा ट्राम यातायातको सम्भाव्यता अध्ययन गरिने बताइएको छ।

जयनगर-जनकपुर कुर्था रेल सेवा विस्तार गरी विजयापुरासम्म पुर्‍याइने बताइएको छ।

प्रकाशित: May 29, 2022| 17:55 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्