आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भूकम्पले भत्किएका सम्पदाको पुनः निर्माण आगामी वर्ष पूरा गरिने

भूकम्पले भत्किएका सम्पदाको पुनः निर्माण आगामी वर्ष पूरा गरिने

अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा सम्पदा पुनःनिर्माण सकिने लक्ष्य राखिएको छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- सात वर्षअघिको भूकम्पले क्षतिग्रस्त सांस्कृतिक सम्पदाको पुनःनिर्माण आगामी आर्थिक वर्ष सम्पन्न गरिने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा सम्पदा पुनःनिर्माण सकिने लक्ष्य राखिएको छ। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले ३२ जिल्लाका ९२० सम्पदामा क्षति पुगेको थियो। तीमध्ये करिब ६०० सम्पदा पुनःनिर्माण सम्पन्न भएको पुरातत्व विभागले जनाएको छ।

पुनःनिर्माणका लागि स्थापना भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अवधि गत वर्ष नै सम्पन्न भए पनि सम्पदा पुनःनिर्माण भने अझै जारी छ। सम्पदा पुनःनिर्माण अन्य भवन निर्माणजस्तो छिटो गर्न नसकिने भएकाले समय लागेको पुरातत्वविद्को भनाइ छ।

ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदास्थललाई उत्खननका कामलाई प्राथमिकताका साथ निरन्तर जारी राखिने बजेट वक्तव्यमा उल्लेख छ। संस्कृति र सभ्यतालाई प्रवर्द्धन गरी धार्मिक पर्यटकको आगमन बढाउने लक्ष्य पनि सरकारले राखेको छ। धार्मिक पर्यटनसमेत प्रवद्र्धन गरी आगामी आर्थिक वर्षमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले लिएको छ।

प्रकाशित: May 29, 2022| 17:39 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्