काठमाडौं- सरकारले घर जग्गा व्यवसायीलाई लाइसेन्सको व्यवस्था गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले घरजग्गा कारोबार गर्ने व्यवसायीले लाइसेन्स लिनैपर्ने व्यवस्था गरेको हो।
त्यसका लागि सरकारले लाइसेन्स लिने निकाय तोक्ने उल्लेख गरेको छ। त्यसरी तोकिएका निकायबाट लाइसेन्स लिएपछि मात्रै घर जग्गाको कारोबारमा संलग्न हुन पाइनेछन्।
सरकारले आगामी आर्थिक वर्षमा महानगरपालिका र उपमहानगरपालिकामा त्यस्तो लाइसेन्स कार्यान्वयन गर्नेछ।
आर्थिक वर्ष २०७९/८० को बजेट संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्।