बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मासिक १० करोडसम्मको विद्युत खपत गरे १५ प्रतिशतसम्म छुट

मासिक १० करोडसम्मको विद्युत खपत गरे १५ प्रतिशतसम्म छुट

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। कुल गार्हस्थ्य उत्पादन बढाउन, उच्च मूल्य वृद्धि हुने गरी नेपालका उद्योग व्यवसाय सहयोग गर्ने बजेटमा भनिएको छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- आगामी आर्थिक वर्षमा मासिक १० करोडसम्म विद्युत खपत गर्ने उद्योगले १५ प्रतिशतसम्म विद्युत महसुल छुट पाउने भएका छन्। सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा यस्तो उद्घोष गरिएको हो। 

National life

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। कुल गार्हस्थ्य उत्पादन बढाउन, उच्च मूल्य वृद्धि हुने गरी नेपालका उद्योग व्यवसाय सहयोग गर्ने बजेटमा भनिएको छ।

बजेटमा युवा उद्यमशिलता विकास  गर्न सुरुवाती पुँजी उपलब्ध गराउने, परियोजनाका आधारमा कर्जाको व्यवस्थता, जडिबुटी प्रसोधनका लागि प्रोत्साहन गरिने लगायतका कार्यक्रमको व्यवस्था बजेटमा गरिएको छ।

कर्णालीमा मार्सी तथा फापरलाई उत्पादनमा प्रोत्साहन दिने बजेटमा भनिएको छ। नेपाल सरकरबाट घोषणा गरिएका १०५ औद्यौगिक ग्राम सञ्चालनमा ल्याइने बताइएको छ।

भैरहवा र सिमरालाई विशेष आर्थिक क्षेत्रको निर्माण गरिने, धौवादी फलाम खानी सञ्चालनमा ल्याइने, लघु घरेलू तथा साना उद्योगका लागि मागमा आधारित उद्योग सञ्चालनमा ल्याउने, प्याकेजिङ र ब्राडिङका लागि बजेट विनियोजन गरिएको बताइएको छ।

Shivam cement

उद्योग स्थापना गर्न ५० बिघासम्म जग्गा उपलब्ध गराइने ,बौद्धिक सम्पति तथा प्रतिलिपि संरक्षण गरिने बजेटमा उल्लेख गरिएको छ।

प्रकाशित: May 29, 2022| 16:55 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्