बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • १० लाख पर्यटक भित्र्याउने उद्घोष, काठमाडौंमा नेवा: संग्रहालय

१० लाख पर्यटक भित्र्याउने उद्घोष, काठमाडौंमा नेवा: संग्रहालय

भारत र चीनका पर्यटक बढाउन पर्यटन बोर्डले विशेष कार्यक्रम सञ्चालन गर्ने उनले उल्लेख गरे। काठमाडौं महानगरसँग सहकार्य गरी नेवा संग्रहालय निर्माण र पोखरामा गुरुङ संग्रहालय निर्माण गर्नेसमेत उनले उल्लेख गरे।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट संघीय संसदमा प्रस्तुत गर्दै उक्त उद्घोष गरेका हुन्। 

National life

उनले पर्यटनमा आकर्षण गर्न विभिन्न प्रोत्साहनमूलक कार्यक्रम ल्याइने उनले उल्लेख गरे। 

आरोहणका लागि खुला गरिएका पदमार्गको विस्तार र स्तरोन्नति गर्ने पनि उनले बताएका छन्। 

भारत र चीनका पर्यटक बढाउन पर्यटन बोर्डले विशेष कार्यक्रम सञ्चालन गर्ने उनले उल्लेख गरे। काठमाडौं महानगरसँग सहकार्य गरी नेवा संग्रहालय निर्माण र पोखरामा गुरुङ संग्रहालय निर्माण गर्नेसमेत उनले उल्लेख गरे। 

चतरादेखि सगरमाथा पुग्ने सडक पूर्वाधार तयार गर्ने उनले उल्लेख गरे। 

Shivam cement

पर्यटन क्षेत्रका ९ अर्ब बजेट विनियोजन गरिएको उनले बताए। 

प्रकाशित: May 29, 2022| 16:48 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्