बुधबार, असार १०, २०८३

प्रदेशस्तरमा जडिबुटी प्रशोधन उद्योग सञ्चालन गरिने

जडिबुटीको विषेशता र उपलब्धताको आधारमा प्रदेशस्तरमा जडिबुटी प्रशोधन उद्याग स्थापन गर्ने बताएका हुन्। शर्माका अनुसार सरकारको स्वीकृतिमा सबै किसिमका औषधिजन्य जडिबुटीहरुको खेती गरी प्रशोधनको व्यवस्था गरिने छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा प्रदेश स्तरमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट संघीय संसदमा प्रस्तुत गर्दै सोही कुरा उद्घोष गरेका हुन्। 

National life

जडिबुटीको विषेशता र उपलब्धताको आधारमा प्रदेशस्तरमा जडिबुटी प्रशोधन उद्याग स्थापन गर्ने बताएका हुन्। शर्माका अनुसार सरकारको स्वीकृतिमा सबै किसिमका औषधिजन्य जडिबुटीहरुको खेती गरी प्रशोधनको व्यवस्था गरिने छ। 

पहाडी र हिमाली क्षेत्रमा पाइने बहुमुल्य एवम् बहुउपयोगी जडिबुटीको प्रशोधन गर्दै आएका उद्योगलाई प्रोत्साहन गरिने छ। 

साथै सुदुरपश्चिमको अत्तरिया र कणार्लीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरी सञ्चालनका साथै बिमाको व्यवस्था गर्ने उनको भनाइ छ।

प्रकाशित: May 29, 2022| 16:43 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्