आइतबार, असोज ११, २०८३

५ वर्षमा व्यापार सन्तुलन कायम गर्ने घोषणा

हाल नेपालको निर्यात गत आर्थिक बर्षको तुलनामा ५९ प्रतिशतले बढेको छ। यो निर्यातलाई दोव्वरले बढाउने बजेटले लक्ष्य राखेको छ। त्यस्तै बजेटले आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात न्युनतम ३० प्रतिशतले घटाउने लक्ष्य राखेको छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा निर्यात दोब्बर बनाउने र आगामी ५ वर्षमा व्यापार सन्तुलन कायम गर्ने उल्लेख गरेको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदको दुवै सदनमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै निर्यातलाई दोब्बर बनाउँदै ५ वर्षमा व्यापार सन्तुलन कायम गर्ने घोषणा गरेका हुन्।

हाल नेपालको निर्यात गत आर्थिक बर्षको तुलनामा ५९ प्रतिशतले बढेको छ। यो निर्यातलाई दोव्वरले बढाउने बजेटले लक्ष्य राखेको छ। त्यस्तै बजेटले आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात न्युनतम ३० प्रतिशतले घटाउने लक्ष्य राखेको छ। 

हाल भइरहेको आयातलाई कम्तीमा २० प्रतिशतले घटाउने लक्ष्य पनि बजेटले लिएको छ। चालु आर्थिक बर्षको १० महिनाको तथ्यांक अनुसार नेपालमा १६ खर्ब ४ अर्ब रुपैयाँ बराबरको आयात भएको छ। 

बजेटले आगामी पाँच बर्षभित्र व्यापार सन्तुलन कायम गर्ने दावी गरेको छ। यसका लागि निर्यातलाई करिव ११५ गुणाले बढाउनुपर्ने देखिएको छ। 

वार्षिक ३० प्रतिशतका दरले वृद्धि गर्ने, भुमिहिन दलितलाई आगामी तीन वर्षभित्र जग्गा उपलव्ध गराउने वार्षिक ८ लाख नेपालीलाई निरपेक्ष गरिबीको रेखामुनीबाट माथि ल्याउने घोषणा समेत बजेटमा छ। 

प्रकाशित: May 29, 2022| 16:34 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्