आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कृषकलाई कर्जा उलव्ध गराउन पाँच खर्ब बराबरको लघुवित्त कोष स्थापना गरिने

कृषकलाई कर्जा उलव्ध गराउन पाँच खर्ब बराबरको लघुवित्त कोष स्थापना गरिने

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कृषकलाई सहजरुपमा कर्जा प्रवाह गर्नका लागि पाँच खर्ब रुपैयाँ बराबरको लघुवित्त कोषको स्थापना गर्ने बताएका छन्।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कृषकलाई सहजरुपमा कर्जा प्रवाह गर्नका लागि पाँच खर्ब रुपैयाँ बराबरको लघुवित्त कोषको स्थापना गर्ने बताएका छन्। 

उक्त कोषमा बैंक तथा वित्तीय संस्थाले अनिवार्यरुपमा प्रवाह गर्नुपर्ने कर्जातर्फको रकम लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ। 

उक्त कोषमा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोष मार्फत पनि निश्चित रकम लगानी गर्ने व्यवस्था मिलाइने बजेटमा उल्लेख गरिएको छ।

प्रकाशित: May 29, 2022| 16:31 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्