काठमाडौं- मन्त्रिपरिषद बैठकले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको छ।
भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको आयव्यय विवरण स्वीकृत गरेको पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री प्रेम आलेले जानकारी दिए।
अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दैछन्।