शुक्रबार, जेठ ४, २०८१

लिभरपुललाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिग विजेता

शनिबार राति सम्पन्न युरोपेली च्याम्पियन्स लिगको फाइनल खेलमा लिभरपुललाई १-० ले हराउँदै स्पेनिस क्लब रियल मड्रिडले उपाधि जितेको छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं– शनिबार राति सम्पन्न युरोपेली च्याम्पियन्स लिगको फाइनल खेलमा लिभरपुललाई १-० ले हराउँदै स्पेनिस क्लब रियल मड्रिडले उपाधि जितेको छ।

triton college

फ्रान्सको राजधानी पेरिसमा सम्पन्न खेलमा रियल मड्रिड १४औं पटक युरोपेली विजेता भएको हो।

रियललाई उपाधि दिलाउनका लागि भालभर्डेको पासमा ब्राजिलियन स्ट्राइकर भिनिसियस  जुनियरले खेलको ५९औं मिनेटमा गोल गरे। यससँगै लिभरपुलले सन् १९८१ को इतिहासलाई उल्ट्याएको छ।

त्यो किनभने यी दुई क्लब जोडिएको पेरिससँगको कथा अर्को फाइनल पनि पनि छ। सन् १९८१ मा पेरिसमै युरोपियन कपको फाइनल भएको थियो। त्यो फाइनलमा लिभरपुल र रियल मड्रिडले प्रतिस्पर्धा गरेका थिए। चार दशकअघिको पेरिसमै सम्पन्न भएको युरोपेली कपको फाइनलमा रियल मड्रिडलाई हराउँदै लिभरपुल युरोपको विजेता भएको थियो। त्यतिबेलाको नजिता पनि १-० कै थियो।

युरोपको शीर्ष डिभिजनको प्रतियोगिताको फाइनलमा रियलले त्यतिबेला अन्तिम पटक हार बेहोरेको थियो।

corrent noodles
Metro Mart

हारपछि रियल मड्रिड सात पटक च्याम्पियन्स लिग फाइनल पुगिसकेको छ। तर, हारेको छैन। उसले सन् १९८१ पछि सन् १९९८, २०००, २००२, २०१४, २०१६, २०१७ र २०१८ मा फाइनल पुगेर उपाधि पनि जितेको छ। त्यसैले गएराति अन्तिम पटक हार बेहोरेको इतिहासलाई उल्ट्याउँदै आज रियल मड्रिज पेरिसमा आफ्नो जितको कथा लेख्न चाहन्थ्यो।

त्यस्तै, यसअघि सन् २०१८ को च्याम्पियन्स लिगको फाइनलमा पनि यी दुई क्लबले प्रतिस्पर्धा गरेका थिए। त्यो फाइनलमा पनि रियलले लिभरपुललाई हराएको थियो। लिभरपुलले चाहिँ किवमा सम्पन्न भएको फाइनल खेलमा बेहोरेको ३–१ को हार बदला लिन चाहन्थ्यो। तर, सकेन।

त्यसपछि लिभरपुलले एक पटक च्याम्पियन्स लिगको उपाधि त जितिसकेको छ। तर, उसलाई अझै धेरै जित्नु थियो। भर्खरै सम्पन्न भएको प्रिमियर लिगका उपाधि लिभरपुलले जित्न सकेन। एक अंकले उपाधि जित्नबाट पछि परेपछि लिभरपुलका समर्थक दुःखी छन्। त्यसैले उसलाई च्याम्पियन्स लिग जितेर आफ्नो समर्थकलाई खुसी पार्नु पनि थियो। तर, सुरुका दुई उपाधि जितेको लिभरपुलले अन्तिम दुई उपाधि भने गुमाएको छ।

फाइनल खेलको मात्र कुरा गर्ने हो भने चाहिँ यी दुई क्लबले तेस्रो पटक प्रतियोगिताको फाइनल खेलेका हुन्। पहिलो फाइनलमा लिभरपुल र दोस्रोमा रियलले जित निकालेको त इतिहासले नै बताइहालेको छ।

यसरी धेरै पटक फाइनल खेलमा भेट हुने प्रतिद्वन्द्वीमा पर्छन् रियल र लिभरपुल। रियलले आजसम्म लिभरपुलविरुद्ध ११ गोल गरेको छ भने लिभरपुलले रियलविरुद्ध आठ गोल गरेको छ।

लिभरपुलले अहिलेसम्म छ पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ। यससँगै उ, सबैभन्दा धेरै  उपाधि जित्नेको तेस्रो नम्बरमा छ। दोस्रो स्थानमा चाहिँ सात पटक उपाधि जितेको एसी मिलान छ।

च्याम्पियन्स लिग युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले गर्ने महादेशकै शीर्ष डिभिजनको फुटबल प्रतियोगिता हो। यसको उपाधि जित्ने टिमले थप दुई फाइनल खेल्न पाउँछन्। त्यो स्पेनिस सुपर कप हो क्लब विश्वकप हो।

प्रकाशित: May 29, 2022| 09:11 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।