आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आज अर्थमन्त्री शर्माले संसद्‍मा बजेट प्रस्तुत गर्ने

आज अर्थमन्त्री शर्माले संसद्‍मा बजेट प्रस्तुत गर्ने

प्रतिनिधिसभाको शनिबारको बैठकमा आर्थिक सर्वेक्षण पेस भएको छ। प्रतिनिधिसभाको शनिबारको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/७९ पेस गरेका हुन्।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- प्रतिनिधिसभाको शनिबारको बैठकमा आर्थिक सर्वेक्षण पेस भएको छ। प्रतिनिधिसभाको शनिबारको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/७९ पेस गरेका हुन्।

आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको चैत मसान्तसम्मको आर्थिक विवरण समावेश गरिएको छ। आगामी आवको बजेट प्रस्तुत हुनुभन्दा केही दिन पहिले सङ्घीय संसदमा आर्थिक सर्वेक्षण पेस गर्ने व्यवस्था छ।

संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसका दिन बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको छ।

बजेट प्रस्तुत गर्ने विषयमा दलहरूबीच सधैँ विवाद हुने गरेकाले संविधानमा नै स्पष्ट मिति निर्धारण गरिएको हो। नेपालको संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते नै बजेट प्रस्तुत हुँदै आएको छ। सोही अनुरुप आज अर्थमन्त्री शर्माले दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७८/७९ को बजेट पेस गर्ने छन्।

सभामुख अग्निप्रसाद सापकोटाले बजेट प्रस्तुत हुने संघीय संसदको संयुक्त बैठक सुरु हुनुभन्दा १५ मिनेट अगाडि उपस्थित भइसक्न प्रतिनिधिसभा सदस्यलाई अनुरोध गरेका छन् ।

४ बजेबाट बजेट भाषण सुरु हुने भएकाले ३ बजेर ४५ मिनेट जानुभन्दा अगाडि नै प्रतिनिधिसभा बैठक कक्षमा उपस्थित हुन उनले अनुरोध गरेका छन्।

बजेट भाषण सकिए लगत्तै प्रतिनिधिसभाको अर्को बैठक जेठ १५ गते आइतबार साँझ ६ बजे बस्नेछ।

तत्कालीन सरकारले चालु आवको बजेट अध्यादेशमार्फत सोही दिन नै सार्वजनिक गरेको थियो। गत वर्ष प्रतिनिधिसभा विघटन भएका कारणले तत्कालीन सरकारले अध्यादेशमार्फत बजेट ल्याउनु परेको थियो।

प्रतिनिधिसभाका पुनः स्थापना भएपछि गठन भएको वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेटका केही व्यवस्था थप गरेको थियो।



प्रकाशित: May 29, 2022| 06:24 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्