बुधबार, असार १०, २०८३

४५ प्रतिशतले घट्यो सार्वजनिक संस्थानको नाफा

आर्थिक वर्ष २०७७/७८ मा सञ्चित नाफा गत आर्थिक वर्षको तुलनामा ३.३५ प्रतिशतले वृद्धि भएको छ। अब संस्थानहरूको सञ्चित नाफा १ खर्ब १३ अर्ब ५६ करोड ५९ लाख पुगेको छ। संस्थानहरुको सञ्चित नोक्सानीमा भने ३६.३६ प्रतिशतले कमी आएर २१ अर्ब ७८ करोड ६६ लाख रुपैयाँ कायम भएको समीक्षा पुस्तकमा उल्लेख छ।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- गत आर्थिक वर्षमा सार्वजनिक संस्थानको खुद नाफा घटेको छ। सरकारले शनिबार सार्वजनिक गरेको 'सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७९'मा अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ सार्वजनिक संस्थानको खुद नाफा ४५.४२ प्रतिशतले कमी आएको उल्लेख गरिएको हो। गत आर्थिक वर्षमा सार्वजनिक संस्थानले २६ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। 

National life

आर्थिक वर्ष २०७७/७८ मा सञ्चित नाफा गत आर्थिक वर्षको तुलनामा ३.३५ प्रतिशतले वृद्धि भएको छ। अब संस्थानहरूको सञ्चित नाफा १ खर्ब १३ अर्ब ५६ करोड ५९ लाख पुगेको छ। संस्थानहरुको सञ्चित नोक्सानीमा भने ३६.३६ प्रतिशतले कमी आएर २१ अर्ब ७८ करोड ६६ लाख रुपैयाँ कायम भएको समीक्षा पुस्तकमा उल्लेख छ।

सार्वजनिक संस्थानबाट प्राप्त हुने लाभांश पनि उल्लेख्य मात्रामा घटेको छ। अघिल्लो वर्षको तुलनामा ५२.३३ प्रतिशतले कम लाभांश प्राप्त भएर गत आर्थिक वर्षमा ६ अर्ब ७२ करोड १४ लाख लाभांश सार्वजनिक संस्थानका सेयरहोल्डरहरूले प्राप्त गरेका छन्। 

अघिल्लो आर्थिक वर्षमा ४ खर्ब २८ अर्ब ७१ करोड ३४ लाख कुल सञ्चालन आय रहेकोमा गत आर्थिक वर्ष २०७७/७८ ४ खर्ब ३५ अर्ब १७ करोड ३९ लाख रुपैयाँ पुगेको छ। 

हाल संचालनमा रहेकामध्ये २२ संस्थान नाफा र १९ संस्थानले घाटामा रहेको प्रतिवेदनले देखाएको  छ। बाँकी संस्थानको भने कारोबारशून्य छ। जनकपुर चुरोट कारखाना बन्द छ भने विद्युत् उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको व्यवसाय सञ्चालन भएको छैन। 

Shivam cement

प्रकाशित: May 28, 2022| 21:01 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्